Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ । संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं, तिलोत्तमा र बुटवलका स्थानीय तहमा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन् । उनले भवनको संरचनागत सुरक्षा, नक्सा परीक्षण, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा काम गरेको अनुभव छ । पाण्डेले सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक र सन् २०१६ मा भारतबाट संरचनागत इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् । उनले नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन् । उनको नियुक्तिसँगै लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, निर्माण आयोजनाको गुणस्तर अनुगमन, संरचनाको संरक्षण तथा प्राविधिक व्यवस्थापनमा इन्जिनियरिङ अनुभव उपयोग हुने अपेक्षा गरिएको छ । The post लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भैरहवाका खाद्यान्न तथा किराना पसलमा अनुगमन, कैफियत भेटिएका व्यवसायीलाई सचेत गराइयो
Latest NewsJust now

भैरहवाका खाद्यान्न तथा किराना पसलमा अनुगमन, कैफियत भेटिएका व्यवसायीलाई सचेत गराइयो

• रुपन्देहीको भैरहवामा बजार अनुगमन गर्दा विभिन्न किराना पसलमा खाद्य वस्तुहरूको विक्रीमा समस्या पाइएको छ, जस्तै खुला रूपमा ड्राई फ्रुट्स विक्री, म्याद सकिन लागेका सामान, र व्यवसाय दर्ता प्रमाणपत्रको नवीकरण नगर्नु। • अनुगमन टोलीले केही पसलमा खरीद बिलबिना सामान र मूल्यसूची अद्यावधिक नगरेको पनि पत्ता लगाएको छ, जसका लागि व्यवसायीलाई सचेत गराइएको छ। • चाडपर्व लक्षित अनुगमनलाई निरन्तरता दिने योजना ...

नेपालबहस
इरानको दाबी : अमेरिकाका दुई ड्रोन खसाल्यौँ
Latest NewsJust now

इरानको दाबी : अमेरिकाका दुई ड्रोन खसाल्यौँ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा अमेरिकाका दुईवटा ड्रोन खसालिएको दाबी गरेको छ। होर्मोज्गान प्रान्तस्थित आईआरजी मुख्यालयको विज्ञप्तिअनुसार बन्दरखामिर सहरमाथि एकीकृत वायु रक्षा प्रणालीद्वारा ड्रोन खसालिएको हो।  यस विषयमा अमेरिकाबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यसैबिच अमेरिकी सञ्चारमाध्यम... ...

नेपालखबर
लुम्बिनीको जितमा बलिङ र टिम स्पिरिटको मुख्य योगदान छ : रोहित पौडेल
Latest NewsJust now

लुम्बिनीको जितमा बलिङ र टिम स्पिरिटको मुख्य योगदान छ : रोहित पौडेल

काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्ससँगकाे जितमा बलिङ युनिट र खेलाडीबिचको आपसी समझदारी मुख्य कारण रहेको बताएका छन् । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पोखरालाई ८... ...

रातोपाटी
अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
Latest NewsJust now

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play