दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो

उत्तरी कोलकाताको चर्चित 'चोरबगान' मा बनाइएको पूजा पण्डालमा शनिवार साँझ ७:४० बजे भागदौड मच्चिँदा १९ जनाको मृत्यु भएको छ।पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले घटनामा २५ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।अधिकारीका अनुसार १७ जनाको घटनास्थलमै र अन्य दुई जनाको पछि मृत्यु भएको थियो।प्रहरी स्रोतका अनुसार मृतक र घाइतेको पहिचान गर्ने प्रयास भइरहेको छ। पूजामा सहभागी हुन कोलकाता बाहिरका विभिन्न जिल्लाबाट उनीहरू त्यहाँ पुगेको अनुमान गरिएको छ।पश्चिम बङ्गालका स्वास्थ्यमन्त्री शरद्वत मुखर्जीले भने, "पानी पर्न थालेपछि त्यहाँ प्रेसर कुकरजस्तो अवस्था सिर्जना भएको थियो। जब अचानक पानी पर्न थाल्यो, भित्रका मानिसहरू बाहिर जान चाहेनन् र बाहिरका मानिसहरू भित्र आउन चाहे।"अन्य पूजा पण्डालमा प्रवेश निषेधयो उत्तरी कोलकातामा ठूलो धनराशि खर्च गरेर आयोजना गरिने पूजा हो।प्रहरी स्रोतका अनुसार कोलकाताका अन्य तीन ठूला र प्रसिद्ध पूजा पण्डालहरूमा भक्तजनहरूलाई प्रवेश गर्न रोक लगाइएको छ।केही दिनदेखि ठूलो भीड जम्मा भइरहेको अर्को ठूलो पूजाका आयोजकहरूले मानिसहरूलाई प्रवेश नदिने घोषणा गरिरहेका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार भागदौड मच्चिएको घटनामा कोलकाता प्रहरीले चोरबगान दुर्गा पूजाका आयोजकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ।प्रत्यक्षदर्शीहरूका अनुसार साँझमा चोरबगानको सार्वजनिक मण्डलामा हजारौँ मानिसहरू भेला भएका थिए। साँझ ७:३० बजे ठूलो पानी पर्न थालेपछि धेरै मानिसहरू साँघुरा गल्लीहरूको बीचमा रहेको पूजा पण्डालभित्र जान थाले। भागदौड किन हुन्छ र त्यसमा मान्छेको ज्यान कसरी जान्छभारतमा धार्मिक भेलामा भागदौड हुनुअघि प्रवचन गर्ने 'भोलेबाबा' को हुन् पण्डालभित्रका मानिसहरू बाहिर निस्कन सकिरहेका थिएनन्। बाहिर रोकिएका मानिसहरू धकेलाधकेल गर्दै भित्र पस्न खोजे।जसले गर्दा अस्थायी रूपमा बनाइएको भर्याङमा मानिसहरू एकअर्कामाथि खस्न थाले।पण्डालमा रहेको दुर्गाको मूर्तिलाई फलामको संरचना मुनि राखिएको थियो।त्यो संरचनाको कुनै भाग खसेको थियो कि भन्नेबारे अनुसन्धान भइरहेको छ।प्रत्यक्षदर्शीबाट अहिलेसम्म प्राप्त जानकारी अनुसार उक्त सबै घटना ५ देखि ७ मिनेटभित्रै भएको हुन सक्छ। BBC एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, "मेरी बहिनी मामा, माइजू र सानी बहिनीसँग गएकी थिइन्। मामाका अनुसार उनीहरू त्यहाँबाट बाहिर निस्किरहेका थिए, त्यही बेला भागदौड मच्चियो। त्यहाँ भिड नियन्त्रण गर्न कुनै स्वयंसेवकले पहल गरेनन्।"घटनाका एक पीडितका अनुसार ठाउँ साँघुरो थियो, मानिसहरू लाइनमा थिए, पूरै अँध्यारो थियो, बत्ती पनि थिएन। 'कुम्भमेलाको भागदौडमा मारिएकाहरूको विवरण लुकाइयो'पूर्वी एशियामा किन हजारौँ मानिस धर्म बदल्दै वा त्याग्दै छन् उनको भनाइ छ, "मेरी नातिनी र अन्य बच्चाहरू मसँगै थिए। दुई जना बच्चा अस्पतालमा भर्ना छन्। म पनि ढलेको थिएँ। दुर्घटनाको आधा घण्टासम्म त्यहाँ कुनै प्रहरी वा स्वयंसेवक थिएनन्।"एक युवकले आफूहरू इन्स्टाग्रामको एउटा भिडिओ रिल हेरेर त्यहाँ पुगेको बताए।"इन्स्टाग्राममा यो पण्डाल निकै राम्रो भएको देखिएको थियो। रिलमा धेरै भीड देखिएको थियो। जब पुग्यौँ, घटना भइसकेको थाहा पायौँ," उनले सुनाए।मुख्यमन्त्रीले उद्घाटन गरेको पूजाचोरबगान सार्वजनिक पूजा यस वर्ष आफ्नो ९१ औँ वर्षमा पुगेको छ।मण्डपमा प्रवेश गर्न साँघुरो गल्ली छ। पश्चिम बङ्गालका मुख्यमन्त्री अधिकारीले पाँच दिनअघि मण्डपको उद्घाटन गरेका थिए।पण्डाल वरपरका सडकहरूमा भीडलाई सम्हाल्न केही स्वयंसेवकहरू मात्र उपस्थित थिए।नजिकैको एउटा गल्ली विशिष्ट व्यक्तिहरूको निम्ति बनाइएको आरोप छ। सर्वसाधारणका लागि दोस्रो निकास कतै १० फिट र कतै ३० फिट चौडाइका थिए। भर्याङ चढेर बाहिर निस्कने गेटमा पुगेका मानिस पनि बाहिर निस्कन सकेका थिएनन्। एक भारतीय 'माताजी' को दुनियाँ भित्रको कथाएक वास्तुविद् जसले मक्का र मदिनाका मस्जिदको काम गर्दा पैसा लिन मानेनन् पण्डालमा उपस्थित एक व्यक्तिले गुनासो गरे, "नजिकैको पार्वती घोष लेन बन्द गरिएको थियो। कुनै पनि एम्बुलेन्सलाई भित्र जान दिइएन। प्रहरी पनि त्यहाँबाट गइसकेको थियो। स्थानीय बासिन्दाहरू भित्र फसेका मानिसहरूलाई उद्धार गर्न दौडिए।"अर्का एक व्यक्तिका अनुसार उनका तीन जना साथीहरू पण्डाल हेर्न गएका बेला भुईँमा लडेका थिए।उनले उनीहरूलाई उठाउने प्रयास गरे, तर सकेनन्। पछि, केही अन्य व्यक्तिहरू आए र उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरे।यसअघि सन् २०१५ मा दक्षिण कोलकाताको देशप्रिया पार्कमा दुर्गा पूजामा भागदौड मच्चिएको थियो। त्यस घटनामा करिब ११ जना घाइते भएपछि पूजा रोकिएको थियो।केन्द्रीय गृहमन्त्री अमित शाह पूर्व निर्धारित कार्यक्रम अनुसार शनिवार साँझ कोलकाता पुगेका थिए।उनी आइतवार पश्चिम बङ्गालमा हुने दुर्गा पूजामा सहभागी हुने योजना बनाएका थिए। घटनापछि उनले आफ्ना सबै कार्यक्रम स्थगित गरेका छन्। BBC बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार... ...

लागूऔषधसहित नौ जना पक्राउ
काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला ...

यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी
साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो विमान दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ। बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो। हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मच... ...

बेपत्ता बालबालिकाको खोजीमा एआई
काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई... ...


