Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुना–टपरीले खोल्यो आम्दानीको बाटो

दुना–टपरीले खोल्यो आम्दानीको बाटो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुना–टपरीले खोल्यो आम्दानीको बाटो

पाल्पा। वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुना–टपरी उद्योग सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’ बाट दैनिक एक हजार दुना–टपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन्। उनका अनुसार उद्योगबाट मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुना–टपरी बनाउने परम्परालाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको पौडेलले बताइन्। मेसिनबाट बनाइएका दुना–टपरी हातले बनाइएका भन्दा आकर्षक र बलिया हुने उनको भनाइ छ। “दुना–टपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ। यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पुर्‍याएको छ,” उनले भनिन्। गाउँका वनमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्तिको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको पौडेलले बताइन्। उनका अनुसार पात संकलन गरेर मात्रै पनि दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाउन सकिन्छ। “लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ। घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा दुना–टपरी बनाएर बिक्री गर्दा घरखर्च चलाउन सहयोग पुगेको छ,” उनले भनिन्। उद्योग सञ्चालनमा आएपछि पहिले घरमै समय बिताउने महिलाहरू नियमित रूपमा उत्पादनमा संलग्न हुन थालेका छन्। सामूहिक रूपमा काम गर्दा सीप आदान प्रदान हुनुका साथै आम्दानीको अवसर पनि सिर्जना भएको उद्योगकी सञ्चालक मञ्जु रेग्मीले बताइन्। उद्योगबाट उत्पादित सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा दुई रुपैयाँ र थोक मूल्य १०० वटाको १९० रुपैयाँ रहेको छ। चारकुने टपरी खुद्रामा प्रतिगोटा सात रुपैयाँ र थोकमा ६ रुपैयाँमा बिक्री गरिन्छ। लाफा खुद्रामा १३ रुपैयाँ र थोकमा ११ रुपैयाँमा बिक्री हुने गरेको रेग्मीले जानकारी दिइन्। उत्पादित दुना–टपरीको माग स्थानीय बजारमा मात्रै सीमित छैन। बाहिरी जिल्लाबाट समेत माग आउने गरेको रेग्मीले बताइन्। बजारका चाट पसल तथा पूजा सामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्ने गरिएको उनको भनाइ छ। “सुरुवाती चरणमै धेरैले उत्पादन मन पराउनु भएको छ। गाउँगाउँबाट दिदीबहिनीहरूले पात ल्याउनु हुन्छ। बर्खामा पात पाउन कठिन हुने भएकाले अहिले नै संकलन गरेर गोदाममा राखेका छौं,” उनले भनिन्। यो उद्यममा लागेपछि महिलाको आयस्रोत बढेको छ। पहिले टपरी बुन्न सिकेका महिलाहरू अहिले मेसिनको सहायताले आफै दुना–टपरी उत्पादन गर्न सक्षम भएका छन्। बजारमा दुना–टपरीको माग बढ्दै गए पनि कच्चा पदार्थ र मेसिनको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उद्यमीहरूले बताएका छन्। सालका रूख प्रशस्त भएका वन क्षेत्रमा पात संकलन गर्ने जनशक्तिको अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको छ। उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोगस्वरूप प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताइन्। स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउनुका साथै कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उनको भनाइ छ। “पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ। वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक पाँच हजार रुपैयाँसम्म कमाउने गरेका छन्,” उनले भनिन्। उद्योगबाट हुने आम्दानीले महिलालाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न सहयोग पुगेको छ। प्लास्टिकका भाँडाको प्रयोग घटाउन तथा वातावरणमैत्री सामग्रीको प्रवर्द्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नु पर्ने खनालको सुझाव छ। विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुना–टपरीको प्रयोग हुँदै आएको छ। दुना–टपरी उत्पादनले परम्परागत सीप र संस्कृतिको संरक्षण गर्नुका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न मद्दत पुर्‍याएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
ताजा खबरJust now

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ

काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

नेपालन्युज
पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
ताजा खबरJust now

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

कर्पोरट खबर
ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
ताजा खबरJust now

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता

काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

रातोपाटी
टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
ताजा खबरJust now

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play