Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दुई दिनसम्म भोक्कै राखेर मन्त्री रावलले सुकुम्बासीलाई फेरि भनिन्- तपाईंहरूलाई काठमाडौँमा बस्ने ठाउँ छैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई दिनसम्म भोक्कै राखेर मन्त्री रावलले सुकुम्बासीलाई फेरि भनिन्- तपाईंहरूलाई काठमाडौँमा बस्ने ठाउँ छैन
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारलाई आफ्नो स्थायी ठेगाना भएको जिल्लामा फर्किन आग्रह गर्नुभएको छ । शनिबार साँझ होल्डिङ सेन्टर पुग्नुभएकी मन्त्री रावलले काठमाडौंमा बस्ने ठाउँ नभएको भन्दै नागरिकता लिएको जिल्ला वा स्थानीय तहमा फर्किन आग्रह गर्नुभएको हो । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका अनुसार मन्त्री रावलले काठमाडौंमा जग्गा उपलब्ध गराउन नसकिने बताउँदै जिल्ला फर्किन आग्रह गर्नुभएको थियो । तर, लामो समयदेखि काठमाडौंमा बस्दै आएका उनीहरूले जिल्ला फर्किने आधार नभएको भन्दै उक्त आग्रह अस्वीकार गरेका छन् । मन्त्री रावलले आवेशमा आएर निर्णय नगर्न र सोमबारसम्म शान्त भएर सोच्न आग्रह गर्नुभएको सुकुम्बासी दलमर्दन कामीले बताउनुभयो । मन्त्रीले सोमबार पुनः होल्डिङ सेन्टर आउने आश्वासन दिएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना जारी गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । तर, अधिकारकर्मी तथा राजनीतिकर्मीको विरोधपछि सुकुम्बासीलाई जबर्जस्ती हटाउने प्रयास रोकिएको थियो । यसबीच होल्डिङ सेन्टरमा रहेका परिवारलाई खाना र पानीको व्यवस्था गर्नसमेत रोकिएको भन्दै विरोध भएको छ । शनिबार पनि सरकारले खाना उपलब्ध नगराएपछि जेनजी अभियन्ताहरूले ल्याएको खाना उनीहरूले सडकमा बसेर खाएका थिए । मन्त्रीको भ्रमणपछि साँझ शान्ति सेवा संस्थाले पुनः खाना उपलब्ध गराएको समाचारमा उल्लेख छ । होल्डिङ सेन्टरमा रहेका १९ परिवारमध्ये सात परिवारको जग्गा भेटिएको र बाँकी १२ परिवारलाई नागरिकता जारी भएको स्थानीय तहमा फर्किन भनिएको छ । तर, जग्गा भेटिएको भनिएका परिवारले समेत आफ्नो नाममा जग्गा नभएको दाबी गर्दै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै बागलुङका लीलाबहादुर घर्ती
PoliticsJust now

जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै बागलुङका लीलाबहादुर घर्ती

वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४, थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन् । जापानको रोजगारी छोडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । उनले निसीखोला– ...

फरकधार
म्यानमारमा सेनाको हवाई आक्रमणबाट दर्जनौँ नागरिकको मृत्यु, विवाह समारोह र विद्यालयसमेत निशानामा
PoliticsJust now

म्यानमारमा सेनाको हवाई आक्रमणबाट दर्जनौँ नागरिकको मृत्यु, विवाह समारोह र विद्यालयसमेत निशानामा

म्यानमारका सेनाले विवाह समारोह स्थल र विद्यालयसहित विभिन्न स्थानमा हवाई आक्रमण गर्दा दर्जनौं नागरिकको मृत्यु भएको छ । बीबीसीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह भइरहेको ठाउँमा गरिएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । आक्रमणमा अन्य ३५ जना घाइते भएका छन् । त्यसअघि बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँमा रहेको विद्यालयमा ...

फरकधार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्यसूचीअनुसार सानो लोकल गोलभेडा प्रतिकिलो औसत १८ रुपैयाँ ५७ पैसामा कारोबार हुँदा पार्सलेको मूल्य दुई हजार ६ सय रुपैयाँ कायम भएको छ । ठूलो नेपाली तथा भारतीय गोलभेडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ । टनेलको सानो गोलभेडा ४१ रुपैयाँ ६० पैसा र तराईको सानो गोलभेडा ३९ रुपैयाँ ७० पैसा कायम भएको छ । त्यस्तै, रातो आलु ...

फरकधार
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
PoliticsJust now

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement