Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
Photo / Coverage: पर्दाफास

सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडिबीबाट प्राप्त हुने उक्त ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ । त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुङ्गो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ । यसैगरी, प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान
OthersJust now

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि सरकारले पहिलो… ...

अनलाइन खबर
उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा
OthersJust now

उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा

१७ कात्तिक, सर्लाही । सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै हिजो सोमबारदेखि धर्ना सुरु गरेका छन् । २५–३० वर्षदेखि निरन्तर काम गर्दै आएका आफूहरूलाई ५८ वर्षे उमेर हद लगाएर सेवाबाट हटाउन खोजिएको भन्दै कर्मचारीले सर्लाहीको कर्मैयास्थित आयोजनाको कार्यालय गेटमा धर्ना सुरु गरेका हुन् ।… ...

अनलाइन खबर
रास्वपाले निर्देशन दिन्छ, सरकार गर्दैन वास्ता
OthersJust now

रास्वपाले निर्देशन दिन्छ, सरकार गर्दैन वास्ता

रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह पार्टीले दिएका सुझाव, ध्यानाकर्षण र निर्देशनलाई पूर्ण बेवास्ता गर्दै आएका छन् । ...

अनलाइन खबर
देशमा विवेक र सिद्धान्तभन्दा आवेग र निरङ्कुशता बढ्यो : प्रचण्ड
OthersJust now

देशमा विवेक र सिद्धान्तभन्दा आवेग र निरङ्कुशता बढ्यो : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले जनतालाई चिमोट्ने, भुत्त्याउने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति हाबी भएको बताएका हुन् । ‘यतिबेला देशमा विवेक हराएको छ । राज्यमा विचार ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play