दुःखमा परेका परिवारसँग दसैँको खुसी बाँड्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउन लागिएको विजयादशमीको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन् । विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन् । उनले यस वर्षको दसैँमा धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित राख्न नहुने बताएका छन् । थापाले भनेका छन्, ‘दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ ।’ उनले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । The post दुःखमा परेका परिवारसँग दसैँको खुसी बाँड्न गगन थापाको आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यातायात सहजसँगै लाङटाङमा बढे पर्यटक, व्यवसायी उत्साहित
यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो । यातायात पूर्णरूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए । यातायातको सहजतासँगै पर्यटक आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीमा उत्साह थपिएको ...

‘लिंक डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । ...

सभापति थापाको दसैं शुभकामना : आफ्नो खुसी बाँड्न सकौं, एकअर्काको सहारा बन्न सकौं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । ...

मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’
तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले दबाब, धम्की र प्रतिबन्धको नीति नत्यागेसम्म वार्ताबाट समाधान ननिस्किने बताएका छन्। मंगलबार इरानी राष्ट्रपति पेजेस्कियान र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरबीच भएको भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्। इरान सरकारका अनुसार पेजेस्कियानले होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधसहित क्षेत्रीय तनाव बढ्नुमा अमेरिकाको युद्ध भड्काउने नीतिको भूमिका रहेको बताएका थिए। […] ...


