काठमाडौँ । प्रहरी महानिरीक्षकबाट बर्खास्त गरिएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ। तर, तिहार बिदाका कारण उनको रिटमाथिको सुनुवाइ भने चाडपर्वपछि मात्रै हुने भएको छ। कार्कीले आफूलाई गैरकानुनी रूपमा जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्। उनले रिटमार्फत आफूलाई पूर्ववत् जिम्मेवारीमा पुनर्बहाली गर्न माग गरेका छन्। कार्कीको कानुनी प्रतिरक्षामा सहयोग गरिरहेका अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिट दर्ता भए पनि अहिलेसम्म पेसी तोकिएको छैन। सामान्यतया सर्वोच्च अदालतमा रिट दर्ता भएको भोलिपल्टदेखि सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ। तर, शनिबारदेखि २५ गते बुधबारसम्म तिहार बिदा परेकाले कार्कीको रिटमाथिको सुनुवाइ तत्काल अघि बढ्ने छैन। सर्वोच्च अदालत स्रोतका अनुसार तिहार बिदा सकिएपछि मात्रै रिटको पेसी तोकिनेछ। रिट दर्तासँगै कार्कीको बर्खास्तीविरुद्धको कानुनी प्रक्रिया औपचारिक रूपमा सर्वोच्च अदालतमा प्रवेश गरेको छ।
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

Read Complete Original Article
Published originally on टक्सार






