काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व दिने निर्णय गरेको हो । केसी र कार्की दुवै एउटै ब्याचीका प्रहरी अधिकारी हुन् । सरकारले पदबाट हटाइएका कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ ।
दानबहादुरलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






