दाजुले गरे भाइमाथि छुरा प्रहार

झापा।झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गए राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट घाँटीमा चोट लागेका भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ। घटना लगत्तै फरार भएका कुबराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता [भिडियो]](https://hamrakura.com/uploads/news/images/ekram--.jpg)
संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता [भिडियो]
संघीय संसद्का दुवै सदनमा गरी कुल ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। ...

दसैं बिदापछि खुलेको नेप्सेमा ४.३४ अंकको गिरावट
कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्यो, १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । ...

बबरमहलको आकाशे पुल यसै साता सञ्चालनमा आउने
सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै काठमाडौँको बबरमहलमा आकाशे पुल निर्माण गरिएको हो । ...

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान
इरानका विदेशमन्त्री सैयद अब्बास अराघची ...


