Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दाङमा सराय नाचको रौनक सुरु

दाङमा सराय नाचको रौनक सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ) । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुआत गरिएको हो । यसको संरक्षणका लागि सराय नाचको सुरुआत निकै सकारात्मक रहेको गुल्मी जिल्ला मदाने गाउँपालिका–७ बाट बसाइँ सरेर घोराहीमा बस्दै आउनुभएका आशिष पन्थी बताउँछन् । यसले हरेर वर्ष यसरी नै निरन्तरता पायो भने सराय नाचको संरक्षण हुने उनको भनाइ छ । आफू पनि यस नाचमा सहभागी हुन पाउँदा खुसी लागेको उनले बताए । “यो हाम्रो संस्कृतिक, परम्परा र मौलिक कला हो । यसको संरक्षणका लागि सबै लाग्नुपर्छ”, पन्थीले भने । उनले आफू बसाइँ सरेर यहाँ आएदेखि सराय नाच हेर्न नपाए पनि अहिले भने खुसी लागेको बताए । विभिन्न पहाडी जिल्लाबाट यहाँ आएका नागरिकसँगै सम्पूर्ण यसको संरक्षणमा लाग्नुपर्ने उनले बताए । तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रूपमा सराय नाच नाचिन्छ । तर, यो कला सङ्कटमा पर्ने थालेको भन्दै जिल्लामा यसवर्षदेखि सुरुआत गरिएको हो । यस नाचले दसैँमा टीका र जमरासँगै परिवार तथा आफन्तसँगको भेटघाटलाई विशेष महत्त्व दिन्छ । देवीदेवताले दानवमाथि विजय प्राप्त गरेको खुसीयालीमा मनाइने सराय नाच दसैँको प्रमुख सांस्कृतिक आकर्षणका रूपमा रहेको हुँदा जिल्लामा पनि यस नाचको यस वर्षदेखि सुरुआत गरिएको घोराहीका नारायण भुसाल बताउँछन् । ऐतिहासिक मन्दिर अम्बिकेश्वरी मन्दिरबाट सराय नाच मेलाको सुरु गरेको उनको भनाइ छ । यो नाचले आगामी दिनमा संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका ऐतिहासिक कोटघर तथा शक्तिपीठमा विशेष महत्त्वका साथ नाचिने यो नाच बसाइँसराइसँगै दाङमा पनि विस्तार गरिएको छ । देवी भगवतीले असत्यमाथि सत्यको विजय हासिल गरेको खुसीयालीमा विजयोत्सवका रूपमा यो नाच सुरु भएको धार्मिक विश्वास छ । घोराही उपमहानगरपालिका–१५ का पाण्डव खनालले पहिले पहाडी जिल्लामा सीमित जस्तै रहेको सराय नाच पछिल्लो समय बसाइँसराइसँगै दाङमा पनि यस वर्षदेखि विस्तार गरिएको बताए । पहाडी जिल्लाबाट बसाइँ सरेकाले पनि आफ्नो मौलिक संस्कृति जोगाउने उदेश्यले सबैको सहभागितामा सराय नाचको गरेको उनको भनाइ छ । आफ्नो संस्कृति र परम्परासँग जोडीराख्ने उद्देश्यले जिल्लामा सराय नाचको सुरु गर्दा सबै खुसी भएका छन् । उनले भने, “पछिल्लो समय सराय नाच महत्वपूर्ण बन्दै आएको छ, पहिले पहाडी क्षेत्रमा मात्रै गरिने यो नाच बसाइँसराइसँगै तराईका विभिन्न क्षेत्रमा सुरु भएको छ ।” सराय नाच केबल मनोरञ्जनका लागि गरिने प्रदर्शन होइन । यसमा धार्मिक आस्था, पूजा विधि र स्थानीय परम्पराको विशिष्ट संयोजन पाइने उनको भनाइ छ । सराय नाच हुने दिन विधिअनुसार पूजाआजा गरेपछि स्थानीय चलनअनुसार नाच सुरु गरिन्छ । नयाँ पुस्तालाई यसको इतिहास र महत्त्व बुझाउन नसक्दा संस्कृति सङ्कटमा पर्ने चिन्ताले दाङमा यसको सुरुआत गरेको उनले बताए । “पहाडी जिल्लामा इतिहास बोकेको सराय नाच अहिले तराईमा पनि विस्तार भएको छ”, उनले भने, “पहाडमा गरिने विधि र परम्परालाई पछ्याउँदै तराईमा पनि सराय नाच्न थालिएको छ ।” सराय नाचमा पहिले पुरुषको सहभागिता बढी हुने गरे पनि अहिले महिलाको सहभागिता पनि बढ्दै गएको छ । यसले परम्परागत संस्कृतिमा नयाँ पुस्ता र महिलाको सहभागिता विस्तार भइरहेको देखाउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

युरोपका जेन–जी किन आन्दोलन हाँक्दैछन् ?
ताजा खबरJust now

युरोपका जेन–जी किन आन्दोलन हाँक्दैछन् ?

काठमाडौँ । युरोपभरि युवा पुस्ता शिक्षा क्षेत्रमा बजेटको अभावदेखि आवासको बढ्दो लागत सम्मका विभिन्न मुद्दालाई लिएर प्रदर्शनमा उत्रिएको छ । यसले पहिल्यै दबाबमा रहेका सरकारहरूका लागि ठुलो चुनौती खडा गरेको... ...

रातोपाटी
अमेरिकी मध्यावधि निर्वाचन: क्यानडामाथिका केही वस्तुको शुल्क हटाइयो
ताजा खबरJust now

अमेरिकी मध्यावधि निर्वाचन: क्यानडामाथिका केही वस्तुको शुल्क हटाइयो

काठमाडौँ । ट्रम्प प्रशासनले क्यानडाबाट आउने आयातमाथि लगाइएका केही शुल्क शुक्रबार हटाएको छ । मध्यावधि निर्वाचन हुन दुई साता बाँकी रहँदा यो कदम चालिएको हो । कमजोर अवस्थामा रहेकी एक रिपब्लिकन... ...

रातोपाटी
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
ताजा खबरJust now

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँं), कात्तिक ७ गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।दमौलीब... ...

गोरखापत्र
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
ताजा खबरJust now

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएका दुर्घटनामा मोटरसाइकल चालक, पैदलयात्री तथा सवारीसाधनमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरी, काभ्रे, कास्की, नवलपरासी पश्चिम, रौतहट र बाँकेमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ मा शुक्रबार राति दुई मोटरसाइकल आपसमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play