Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी
Photo / Coverage: कर्पोरट खबर

सुर्खेत । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको महिला क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दुवै टोलीले पहिलो खेलमै शानदार प्रदर्शन गरेका छन् । वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला नजिकैको क्रिकेट मैदानमा समूह ‘बी’मा रहेको एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले हराएको छ । १९८ रनको विशाल लक्ष्य पाएको लुम्बिनी १५.४ ओभरमा ३९ रनमै समेटिएको थियो । पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाएर १९७ रन बनाएको थियो । यसैगरी समूह ‘ए’मा रहेको विभागीय टोली आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो । कोशी प्रदेशले दिएको ६६ रनको सामान्य लक्ष्य आर्मी क्लबले १३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कोशीले १८.५ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटिएको थियो । महिला क्रिकेटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार दुईवटा खेल हुनेछ । बिहान साढे ९ बजे हुने खेलमा बागमती र सुदूरपश्चिम तथा दिउँसो हुने खेलमा कर्णाली र कोशी प्रदेश भिड्दैछन् । त्यस्तै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई १-० गोलले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो । यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । अब बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ । The post दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको सुखद् सुरुआत
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको सुखद् सुरुआत

सुर्खेत। सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेलहरू भने मङ्गलबारदेखि नै सुरु भएका छन्। तोकिएको समयावधि (१६ देखि २७ गतेसम्म) भित्र सबै खेल सम्पन्न गर्न नसकिने भएपछि आयोजक र सहआयोजकको निर्णयअनुसार उद्घाटनअघि नै प्रतियोगिता सुरु गरिएको हो। दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत आठ जिल्लामा खेल प्रतियोगिता सञ्चालन भइरहेका छन्। कर्णाली प्रदेशका सुर्खेत, ...

नेपालन्युज
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो
Latest NewsJust now

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो। बान्टेन प्रान्तको... ...

रातोपाटी
राष्ट्रिय पौडी च्याम्पियनसिप : पहिलो दिन बागमती, आर्मी र पुलिसको वर्चस्व
Latest NewsJust now

राष्ट्रिय पौडी च्याम्पियनसिप : पहिलो दिन बागमती, आर्मी र पुलिसको वर्चस्व

मंगलबार भएको प्रतिस्पर्धामा व्यक्तिगत तथा रिले स्पर्धाअन्तर्गत पुरुषतर्फ १५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठ १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement