Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँ मनाएर उपत्यका फर्किने बढे

दसैँ मनाएर उपत्यका फर्किने बढे

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँ मनाएर उपत्यका फर्किने बढे

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । दसैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताए । कार्यालयका प्रहरी प्रवक्ता नरेशराज सुवेदीले उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको जानकारी दिए । उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
ताजा खबरJust now

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका-६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो। ...

हाम्राकुरा
दसैँ गीतका जन्मकथा
ताजा खबरJust now

दसैँ गीतका जन्मकथा

दसैँको नवरात्र सुरु भइसकेको थियो। काठमाडौँको पशुपति क्षेत्रमा कोही चाडको किनमेल सकेर घर फर्कंदै थिए, कोही गाउँ जाने तयारीमा थिए। त्यही बेला पशुपति क्षेत्रमा नियमित हिँडडुल गर्ने गीतकार प्रेमबहादुर बस्नेतको नजर एक कुनामा रोइरहेका दुई व्यक्तिमाथि पर्‍यो। उनी नजिक गए र रुनुको कारण सोधे। ती मानिसको पीडा दसैँसँग जोडिएको थियो। उनीहरूले हरेक वर्ष एउटा खसी वा च्याङ्ग्रा किनेर मासु आधा-आधा बाँड्ने ...

नेपालन्युज
हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार
ताजा खबरJust now

हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार

चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play