दसैँ मनाउन उपत्यका छाड्ने यात्रु पाँच लाख

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यका छाड्ने यात्रुको क्रम जारी छ । उहाँका अनुसार अघिल्ला दिनको तुलनामा आज उपत्यका छाड्ने यात्रुको सङ्ख्या केही घटेको छ । दसैँका लागि घर जाने यात्रुको चाप गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायत क्षेत्रमा देखिएको छ । दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् । दसैँमा आफ्नो जन्मथलो पुगेर अभिभावकबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने र आफन्तसँग भेटघाट गर्ने परम्पराका कारण हरेक वर्ष उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्ने गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो। सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ... ...

श्रीमानलाई मिर्गौला दिएकी बिन्दु आफैँ उपचारको पर्खाइमा, प्रत्यारोपणका लागि ४ लाख जुटाउन मुस्किल
हेटौँडा । श्रीमानको जीवन बचाउन आफ्नो एउटा मिर्गौला दान गर्नुभएकी ६० वर्षीया बिन्दु श्रेष्ठ अहिले आफ्नै जीवन बचाउन सहयोगी हातको प्रतीक्षामा हुनुहुन्छ । श्रीमानको मिर्गौला फेल भएपछि आफ्नो मिर्गौला दिएर उहाँको जीवन बचाउनुभएकी बिन्दु अहिले आफैँ मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोग जुटाउन नसकेर जीवनसँग संघर्ष गरिरहनुभएको छ । काठमाडौंको शतुङ्गलस्थित गौथली चोकनजिकै नयाँ बस्तीमा बस्दै आउनुभएकी बिन्दुको आर्थिक अवस्था ...



