दसैँ अवधिमा मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौं । बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका एक हजार दुई जनामध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले जानकारी दिए । चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक तथा निजी सवारीसाधनको चापसमेत वृद्धि हुने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । यस्ता गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्धको कारबाहीलाई निरन्तरता दिइएको बताए । नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिन्छ ।ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सबै चालकहरूलाई आग्रह गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
काठमाडौँ। आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम... ...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको... ...

दसैंमा हरिण जात्रा : आस्था, संस्कृति र सद्भावको अनुपम सङ्गम
प्रकाशविक्रम शाह धनगढी, कात्तिक ७ गते । दार्चुलाको व्यास गाउँपालिका–६, हुति गाउँमा एउटा अनौठो र मौलिक परम्पराको हरिण जात्रा सुरु भएको छ । यो जात्रा दसैँको पूर्णिमासम्म मनाइने गरिन्... ...

एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले इतिहास र पृष्ठभूमि समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् । उनले नेकपा एमाले भ्रष्टाचारको संरक्षण गर्ने र आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने पार्टी भएकाले तत्काल एकताको ...


