दसैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ । दसैँका अवसरमा आयोजना हुने खेलकुदलगायत विभिन्न प्रतियोगिताले पनि गाउँघरमा उत्साह थप्ने गरेको छ । वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दसैँमा एकै ठाउँमा भेला भएर सुखदुःख साटासाट गर्ने, मीठोमसिनो खाने र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने तयारीमा जुटेका छन् । विशेषगरी रोजगारीका लागि जिल्ला बाहिर तथा अध्ययनका लागि सहरमा रहेका युवा–युवती घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन् । दसैँका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल भोजपुरका मुख्य बजारमा बढेको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल तथा पूजासामग्रीका पसलमा ग्राहकको आवागमन बढेको छ । सदरमुकाम भोजपुर बजार, दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा चाडपर्व लक्षित व्यापारिक गतिविधि बढेको छ । दसैँले स्थानीय कृषि उपजको बजारीकरणमा समेत सहयोग पु¥याउने गरेको छ । गाउँघरमा उत्पादन गरिएका खसीबोका, कुखुरा, तरकारी तथा फलफूलको माग बढ्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर मिल्ने टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय किसान देवबहादुर विष्टले बताउनुभयो । चाडपर्वका बेला स्थानीय उत्पादनको माग बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने उहाँको भनाइ छ । दसैँका अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा छ । पछिल्लो समय रोजगारी र अध्ययनका लागि युवा पुस्ता गाउँबाहिर जाने क्रम बढेसँगै परम्परागत चाडपर्व मनाउने शैलीमा परिवर्तन आउन थालेको छ । आधुनिक जीवनशैलीको प्रभावले कतिपय मौलिक चलन कमजोर हुँदै गए पनि दसैँले पुराना पुस्ताबाट नयाँ पुस्तामा संस्कृति, संस्कार र परम्परा हस्तान्तरण गर्ने अवसर प्रदान गर्दै आएको छ । परिवारसँगको भेटघाट, स्थानीय परम्पराको निरन्तरता र सामाजिक सद्भावसँग जोडिएको दशैँले भोजपुरका गाउँबस्तीमा आत्मीयता र उत्साह थपेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

रूसलाई वार्ताबाट टाढिन दिने कदम चाल्दिनँ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको प्रयास गरिरहेको बताएका छन् । उनले रुसलाई वार्ताबाट टाढिन बाध्य पार्ने कुनै कदम चाल्न नचाहेको... ...

प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
सुर्खेत । लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए मङ्गलवार सम्म सडक सञ्चालनमा ल्याउने ...

बेनी–दरवाङको फापरखेत वैकल्पिक सडक सञ्चालनमा
ठाकुरप्रसाद आचार्य म्याग्दी(बेनी) कात्तिक २ गते । सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फा... ...

विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
काठमाडौँ ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण बनेको छ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ–१) मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। त्रिदेशीय शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई ...


