Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

काठमाडौं । दसैँका समयमा सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा दुईवटा बस निःशुल्क सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका अनुसार उक्त सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ। त्यस्तै, दोस्रो बसले प्रधान कार्यालयबाट प्रस्थान गरी सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ। दसैँका समयमा सार्वजनिक यातायातको अभावमा सर्वसाधारणले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गरी सहज यात्रा सुनिश्चित गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

राजदेवी मन्दिरमा करिब १५ हजारभन्दा बढी बोका बलि दिइयो
ताजा खबरJust now

राजदेवी मन्दिरमा करिब १५ हजारभन्दा बढी बोका बलि दिइयो

जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको... ...

रातोपाटी
भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ
ताजा खबरJust now

भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ

ढाका – बंगलादेशका पूर्व वायुसेना प्रमुख एयर भाइस मार्सल (सेवानिवृत्त) शेख अब्दुल हन्नान कतारमा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेका उनलाई ३ दिनअघि कतारी प्रहरीले पक्राउ गरेको बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले जनाएको छ । आयोगका सचिव सैदुर रहमान खानका अनुसार इन्टरपोलले इमेलमार्फत हन्नान पक्राउ परेको पुष्टि गरेको हो । आयोगले आईतबार […] ...

काठमाण्डुपाटी
दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
ताजा खबरJust now

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

सुडान । दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले... ...

रातोपाटी
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा
ताजा खबरJust now

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन्।  उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्। खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play