दसैँमा मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन् । त्य...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बंगालको खाडीमा चक्रवातको सम्भावना, नेपालमा पनि असर पर्न सक्ने
बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै चक्रवातमा परिणत हुन सक्ने सम्भावनासँगै आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको पोस्ट मनसुन विशेष मौसम बुलेटिनमा उक्त अवधिमा मौसममा परिवर्तन आउन सक्ने उल्लेख गरेको छ । महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे ...

रामबहादुरपछि कसले गाउला मालश्री ?
बिहानको शान्त वातावरणमा तानसेनका गल्ली, चोक र घरका ढोकामा सारङ्गीको मधुर धुनसँगै मालश्री गुन्जियो । हातमा सारङ्गी र मनमा पुर्ख्यौली संस्कृतिप्रतिको माया बोकेर तानसेन–६ का ७३ वर्षीय रामबहादुर गन्धर्व यस वर्ष पनि दशैँको नवरात्रमा मालश्री गाउन निस्किए । घटस्थापनादेखि नौ दिनसम्म उनी हरेक बिहान करिब ३ देखि ५ बजेसम्म तानसेनका गल्ली, चोक र घर–घरमा पुगेर सारङ्गी बजाउँदै मालश्री गाए । उमेरले ...

भिरबाट लडेर बझाङकाे बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु
काठमाडौं, कात्तिक ६ । बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ । गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न जाने क्रममा भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते हुनुभएको थियो ।भिरबाट लडेर चट्टानमा बजारिएपछि उहाँको कानबाट रगत बगेको मृतकका आफन्तले जानकारी दिनुभएकाे छ । गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको थियो । ...


