दसैँमा जमरा पनि बिक्रीमा, स्वयम्भूमा किन्नेको चहलपहल

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो । तर पनि नागरिकले बिहान दुर्गा विसर्जनपछि टीका लगाउन सुरु गरेका थिए ।आज टीकाका दिन बिहान काठमाडौँका कतिपय स्थानमा जमरा बिक्रीका लागि राखिएको पनि देखियो । काठमाडौँको स्वयम्भूस्थित भगवान पाउमा केही व्यक्तिले घरैमा उमारेका जमरा बिक्रीका लागि राखेका थिए ।यसो हेर्दा जमरा पनि बिक्री होला र भन्ने लागे पनि मानिसहरुले जमरा खरिद गरिरहेका पनि थिए । दसैँमा जमरा लगाउनु समृद्धिको प्रतिक मानिने भएकाले घटस्थापनाका दिन नै देवीको आह्वान गरेर जलको घडासँगै जमरा राख्ने प्रचलन छ । जमरा पहेँलो राम्रो हुने भएकाले घर या व्यक्तिका निवासका घाम नपर्ने र चोखो कुनामा या पूजा कोठा तथा स्थानमा जमरा राख्ने गरिन्छ । दसैँमा जमरा राखिएको स्थानलाई जमरा घर पनि भन्ने प्रचलन छ । यसरी राखिएको जमरा आज दसैँका दिन टीकासँगै लगाउने गरिन्छ । नवदुर्गाको आह्वान गरी घटस्थापना गरिएको स्थानमा राखिएका जमरा कोजाग्रत पूर्णिमासम्म नै लगाउने प्रचलन छ । कतिपयले यसरी जमरा राख्न नपाएका तथा डेरामा बस्ने मानिसका लागि जमरा राख्ने स्थान अभाव पनि हुन सक्ने भएकाले उनीहरुका लागि यसरी बिक्रीमा राखिएको जमरा उपयोगी हुने देखिन्छ ।भगवान पाउमा जमरा किन्न पुगेका स्वयम्भूका रुपेश आचार्यले घरमा सुतक परेकाले घटस्थापनाका दिन जमरा राख्न नपाएकाले आफू जमरा किन्न आएको बताए ।उनले भने, “यसरी जमरा पनि बिक्रीका लागि राखिएको हुन्छ भन्ने कुरा मलाई थाहा थिएन तर छिमेकीले पनि यसैगरी किनेर लगेको जानकारी गराएपछि किन्न आएको हुँ ।” उनले आफूलाई जस्तै सजिलो अरु धेरैलाई भएर होला बिहानै आएर जमरा किनेर लगेको देखेको पनि बताए । झ्वाट्ट हेर्दा जमरा पनि बिक्रीका लागि राखिएको भनी कतिपयले अनौठो लागेको बताइरहेका थिए भने कतिले यसलाई स्वभाविक र सजिलो भनेका थिए । विविध कारणले अप्ठेरो परेका, घटस्थापनाका दिन जुठो या सुतक परेर जमरा राख्न नपाएका तथा आफ्ना बासस्थानमा स्थान अभाव भएका व्यक्तिका लागि यसरी जमरा किनेर लगाउन पाउनु पनि सजिलै हुने देखिन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका ...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
टोकियो।दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी संकेतविदमा मात्र सीमित नरहेको देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, संख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पंक्ति थिए। अनलाइन ...

उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी
काठमाडौँ । उपेन्द्रमान सिंह भन्ने बित्तिकै पुरानो दशरथ रङ्गशाला, भरिभराउ दर्शक र निर्णायक क्षणमा रोकिएका गोल जो कोहीको पनि सम्झनामा आउँछ । आज उनी कहाँ छन् के गर्दै छन् धेरैलाई... ...

दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)
काठमाडौँ। नेपालीहरूको महान् चाड विजया दशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीहरूको चहलपहल देखिएको छ। निधारमा रातो टीका र शिरमा जमरा लगाएर आफ्नो उज्ज्वल भविष्यको खोजीमा नेपालीहरू बिदेसिएका छन्। घरपरिवार... ...


