दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन। दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् । दसैँका समयमा निकुञ्ज घुम्न आउने पर्यटकबाट एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व सङ्कलन भएको उनले बताए । नेपाली पर्यटकबाट १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट आठ लाख ३१ हजार र तेस्रो मुलुकका पर्यटकबाट एक करोड ४७ लाख ३० हजार राजस्व सङ्कलन भएको उनको भनाइ छ । निकुञ्जभित्र वर्षाको समयमा जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी यथावत रूपमा सञ्चालन हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, मेघौलीबाट ११ वटा, अमलटारीबाट आठ वटा र माडीबाट एउटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यो समयमा दुर्लभ पाटेबाघसमेत देखिएपछि निकुञ्ज सफारीमा पर्यटकको आकर्षण थप बढेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...



