दसैँमा काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा, तीन रुटमा सञ्चालन

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सार्वजनिक यातायातको उपलब्धता कम हुने समयमा यात्रुको आवागमन सहज बनाउन प्रहरीले तीनवटा रुटमा बस सेवा सञ्चालन गरेको हो । प्रहरीका अनुसार कात्तिक ३ र ४ गते सञ्चालन हुने उक्त सेवा पहिलो दिन मंगलबार दिउँसो ४ बजेदेखि सुरु गरिएको थियो । टीकाको दिन बुधबार बिहान ८ बजे पहिलो सिफ्ट सञ्चालन भएको छ भने दोस्रो सिफ्ट दिउँसो ३ः३० बजे सञ्चालन हुने जनाइएको छ । तीन रुटमा बस सञ्चालन रुट नम्बर १: नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ । रुट नम्बर २: नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल पुग्नेछ । रुट नम्बर ३: नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ । दसैँका बेला सार्वजनिक यातायातको उपलब्धता कम हुँदा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
काठमाडाैँ। प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ... ...

६२ वर्षपछि जीवित देवी कुमारी लायकू दरबारमा, भक्तजनलाई दसैँको टीका (तस्बिरहरू)
काठमाडौँ। ६२ वर्षपछि मध्यपुर थिमीको जीवीत देवी कुमारीलाई लायकू दरबार लगिएको छ । बुधबार भक्तजनलाई दसैँको टीका समेत लगाइएको छ। ...

पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यले लगाए टीका
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले बडादसैँको टीका ग्रहण गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायतले बडामहारानी रत्न राज्यलक्ष्मी शाहको हातबाट टीका तथा आशीर्वाद ग्रहण गरेका हुन्। विजया दशमीको अवसरमा पूर्वराजपरिवारले सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै शुभकामना सन्देशसमेत दिएको छ। शुभकामना सन्देशमा नेपालीको घरआँगनमा आइपुगेको बडादसैँलाई सनातनी परम्परा र संस्कृतिअनुसार सत्य, सदाचार र मर्यादाका लागि ...

दसैँको लागि गाउँघरमा सेलरोटी पकाउने चटारो, तस्बिरहरू
पर्वत। बडादसैँको आगमनसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ। दसैँको लागि स्थानीयवासी सेलरोटी पकाउन व्यस्त देखिएका छन्। नेपालीको महान् पर्व दसैँमा सेलरोटीको विशेष महत्त्व छ। दसैँमा घरमा... ...


