दसैँमा उपत्यकाका तीन रुटमा प्रहरीको निःशुल्क बस

काठमाडौँ। नेपाल प्रहरीले बडादसैँका अवसरमा सर्वसाधारणको आवागमन सहज बनाउन काठमाडौँ उपत्यकाका तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। प्रहरीका अनुसार कात्तिक ३ र ४ गते निःशुल्क बस सेवा सञ्चालन हुनेछ। आज दिउँसो ४ बजेदेखि तीनवटै रुटमा बस चल्नेछन्। कात्तिक ४ गते भने बिहान ८ बजे र दिउँसो ३:३० बजे गरी दुई सिफ्टमा बस सञ्चालन हुनेछन्। पहिलो रुटको बस नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ। दोस्रो रुटको बस नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोक पुगेर कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल र बालुवाटार हुँदै नक्साल फर्किनेछ। तेस्रो रुटको बस नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ। दसैँका बेला सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने असुविधा कम गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। यसबाट विशेषगरी सार्वजनिक सवारीसाधनको अभावमा परेका यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

क्रिकेट टोली स्वदेश फिर्ता
ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको हो । ...


