दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे-बराह क्षेत्र जलयात्रा सेवा

भोजपुर। दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर आइतबारबाट जलयात्रा सुरु भएको हो । अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका दक्षिणी क्षेत्रका स्थानीयलाई जेटबोट सञ्चालनले राहत मिलेको छ । नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि जलयात्रा बन्द थियो । स्थानीय व्यवसायी हतुवागढी–९ कोप्चेका मिलन राईले कोप्चेबाट बराह क्षेत्रसम्मको भाडा रु ५०० तोकिएको जानकारी दिए। दक्षिणी भोजपुरका स्थानीय जेटबोट चढेर धरान, इटहरी र विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले करिब १९ किलोमिटर दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ । हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोड्दै यस क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखेको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार जलयात्राले हतुवागढी र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउनेछ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

टाइगर श्राफ लक्षित गोलीप्रहार : जुहुमा साताअघि नै भएको थियो रेकी
मुम्बई । मुम्बईको जुहुस्थित फुटबल मैदानबाहिर आइतबार बलिउड अभिनेता टाइगर श्राफमाथि गोलीप्रहार गर्ने तीन जना पुरुष एक साताअघि अक्टोबर ११ मा पनि सोही स्थानमा आएर केही समय घुमेको पाइएको छ। सीसीटीभी... ...

घटस्थापनादेखि आजसम्म कतिले छाडे काठमाडौँ उपत्यका ?
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको... ...

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले... ...


