Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा

दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भन्ने कामना गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सबैलाई आफूभित्रका कमजोरीमाथि विजय हासिल गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाउन दसैँले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् । उनले यस वर्ष राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाउनुपरेको उल्लेख गर्दै धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित गर्न नहुने बताएका छन् । “दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ,” थापाले शुभकामना सन्देशमा भनेका छन् । उनले विपत्तिका बेला पीडामा रहेका परिवारलाई सहयोग गर्दै आपसी सहकार्य, मानवीय संवेदना र सामाजिक एकतालाई बलियो बनाउनुपर्ने सन्देश दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल
ताजा खबरJust now

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल

गण्डकी । कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूलाई कैद सजाय भुक्तान गराउन र जरिवाना असुल गर्न अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी ...

केन्द्रबिन्दु
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
ताजा खबरJust now

विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं। बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानैदेखि देशभर हर्षोल्लासका साथ मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। शास्त्रीय ...

नेपालन्युज
मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका
ताजा खबरJust now

मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), कात्तिक ४ गते । हिन्दू धर्मालम्बीहरूको पवित्र तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play