Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि आर्मीको जित, कोशी र बागमतीले बाँडे अंक

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि आर्मीको जित, कोशी र बागमतीले बाँडे अंक
Photo / Coverage: हिमालय टाइम्स

सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । बुधबार सुर्खेतमा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्‍यो । आर्मीका लागि भरत खवासले खेलको २३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि लाकेन लिम्बूले ५२औं मिनेटमा दोस्रो गोल गर्नुभयो । खेलको ६४औं मिनेटमा लुम्बिनी प्रदेशका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि आर्मीले ३-० को जित सुनिश्चित गर्‍यो । खेलका क्रममा लुम्बिनी प्रदेशका फागुराम थारुले पहेँलो कार्ड पाउनुभएको थियो । यता, बुधबारै भएको अर्को खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले समान २-२ गोल गरेपछि खेल बराबरीमा सकिएको हो । खेलमा दुई गोलको अग्रता बनाएको बागमती प्रदेश दोस्रो हाफमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो । बागमतीका लागि एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई दुई गोलको अग्रता दिलाएको थियो । तर, खेलको अन्तिम १५ मिनेटमा कोशीले उत्कृष्ट पुनरागमन गर्‍यो । कोशीका मिलन राईले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता घटाउनुभयो । त्यसको तीन मिनेटपछि अर्थात् ७८औँ मिनेटमा पदम भट्टराईले अर्को गोल थप्दै खेललाई २–२ को बराबरीमा पुर्‍याउनुभयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेनन् । खेलमा कोशी प्रदेशका पदम भट्टराई र सविन घिमिरे तथा बागमती प्रदेशका सञ्जीव अर्यालले पहेँलो कार्ड पाउनुभयो । यसैबीच, बिहीबार पुरुष फुटबलतर्फ दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ, भने दोस्रो खेल दिउँसो २ः३० बजे सशस्त्र प्रहरी बलको एपिएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । रुविनाको अर्धशतकमा कोशीको पहिलो जित, बागमतीसँग सुदूरपश्चिम पराजितकप्तान रुविना क्षेत्रीको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा कोशी प्रदेशले १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार कोशीले आयोजक कर्णाली प्रदेशलाई ४९ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोशीले रुविनाको ६२ रनको मद्दतमा २० ओभरमा १२५ रन बनाएको थियो । रुविनाले ५७ बलमा ९ चौका र एक छक्का प्रहार गर्नुभयो । काजोल श्रेष्ठले १४ र खुसी राजवंशीले १० रन थप्नुभयो । १२६ रनको लक्ष्य पछ्याएको कर्णाली कोशीको कसिलो बलिङसामु १९.५ ओभरमा ७६ रनमै समेटियो । कर्णालीका शिखा दुवाडीले सर्वाधिक २०, सोविका शाहीले १२ र रमा बुढाथोकीले १० रन बनाउनुभयो । कोशीका लकिता राजवंशीले तीन तथा एसिया खादिया र निशा शाहले दुई–दुई विकेट लिनुभयो । निरु राजवंशी र रुविना क्षेत्रीले एक-एक विकेट हात पार्नुभयो । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ६ विकेटले पराजित भएको कोशीले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको हो । यसअघि बुधबार नै समूह ‘सी’ को खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । बागमतीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो । ११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गरेको थियो । बिहीबार समूह ‘बी’ मा लुम्बिनी र मधेस तथा समूह ‘सी’ मा गण्डकी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । महिला बास्केटबलमा पुलिस, सुदूरपश्चिम, आर्मी र बागमती विजयीदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार भएका चार खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका छन् । प्रतियोगिताको दोस्रो दिन फुलकोर्ट (५×५) र थ्री बाई थ्री (३×३) विधामा समान दुई–दुई खेल सम्पन्न भएका हुन् । फुलकोर्ट विधातर्फ नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२-१९ अंकले पराजित गर्दै जित निकालेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशमाथि ४७-३ अंकको फराकिलो जित दर्ता गरेको छ । यसैगरी, थ्री बाई थ्री विधातर्फ त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३-८ अंकले हराउँदा बागमती प्रदेशले मधेस प्रदेशलाई ८-३ अंकले पराजित गरेको छ । बुधबार सम्पन्न चारवटै खेलमा पराजित टोलीले विपक्षीविरुद्ध दोहोरो अंकसमेत जोड्न सकेनन् । विशेषगरी फुलकोर्टतर्फ सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ४४ अंकको फराकिलो अन्तरले हराउँदै दिनकै ठूलो जित दर्ता गरेको छ । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार पाँच खेलमा प्रतिस्पर्धा भएका थिए । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरू भने मंगलबारदेखि नै सुरु भएका थिए । सोहीअन्तर्गत बुधबार पाँच खेलमा प्रतिस्पर्धा भएका हुन् । बुधबार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल भएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रिमियरमा ‘ककाकिकी’को प्रशंसा
Latest NewsJust now

प्रिमियरमा ‘ककाकिकी’को प्रशंसा

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ककाकिकी’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयको प्रशंसा गरेका थिए । कमेडी जनरामा निर्माण भएको चलचित्रका विभिन्न ...

हिमालय टाइम्स
युट्युब र एआईलाई नियमन गर्न सरकारलाई सुझाव, लुइँटेल पुरस्कृत
Latest NewsJust now

युट्युब र एआईलाई नियमन गर्न सरकारलाई सुझाव, लुइँटेल पुरस्कृत

काठमाडौं । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ । गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा लुइँटेललाई २५ हजार रूपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताउनुभयो । पत्रकारिता ...

हिमालय टाइम्स
गेलेफु टी-२० सिरिजका लागि सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा
Latest NewsJust now

गेलेफु टी-२० सिरिजका लागि सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडौं । भुटानमा आयोजना हुने गेलेफु मेन्स टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । डिसेम्बर ४ देखि १३ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि घोषित टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दिपक डुम्रे, रूपेश सिंह, ...

हिमालय टाइम्स
आइपिएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता
Latest NewsJust now

आइपिएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरमा नेपाली खेलाडीको नाम समावेश गरिएको हो । आगामी सिजनको अक्सनका लागि विश्वभरबाट कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता गराउनेमध्ये ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन् ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement