Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुदका पूर्वाधार ७० प्रतिशत मात्र सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुदका पूर्वाधार ७० प्रतिशत मात्र सम्पन्न
Photo / Coverage: टक्सार

काठमाडाैँ । कर्णाली प्रदेशमा अर्को सातादेखि प्रतिष्पर्धा शुरु हुने दशौं राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधार ७० प्रतिशत मात्र काम पूरा भएको छ । मूलआयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौं खेलकुदको तयारीबारे आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशासनिक काम ९९ प्रतिशत पूरा भए पनि भौतिक पूर्वाधार ७० प्रतिशत मात्र सम्पन्न भएको छ । कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । तर उद्घाटन हुनुअघि नै ९ वटा खेल सकिनेछ । यसपल्ट कुल ३२ वटा खेलका लागि प्रतिस्पर्धा सुरु हुँदैछन् । तथापि अहिलेसम्म पनि भौतिक पूर्वाधार पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश रंगशालामा उद्घाटन समारोह आयोजना हुँदै छ । अहिलेसम्म उक्त रंगशाला पनि सरकारको मातहतमा आएको छैन । निर्माण कम्पनीले हस्तान्तरण नगरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्विकार गरेको छ । आगामी ६/७ गते सम्म सरकारले पाउने राखेपको दाबी छ । राखेपका सदस्यसचिव रामचरित्र मेहताले सात प्रदेश, तीन विभागीय टोली नेपाल आर्मी, एपिएफ, पुलिस तथा एनआरएनएले प्रतिष्पर्धा गर्ने बताए । तीन तहका सरकारले आयोजनाका लागि काम गरेकाले दशौं राष्ट्रिय खेलकुद भव्य रूपमा आयोजना हुने मेहताको दाबी छ । केही प्रदेशमा बन्द प्रशिक्षण भइसकेको उनको भनाइ छ । सदस्यसचिव मेहताले ९९ प्रतिशत प्रशासनिक काम र पूर्वाधारको काम ७० प्रतिशत पूरा भएको बताए । ११ वटा टोलीले ३२ वटा खेलमा प्रतिस्पर्धा गर्ने तय भए पनि कुनै प्रदेशले कम खेलमा प्रतिस्पर्धा गर्ने राखेपको भनाइ छ । टिम खेलमा लामो समय लाग्ने र बासस्थानको अभावका कारण ८ गते नै प्रतिष्पर्धा शुरु गर्न लागिएको उनी बताउँछन् । विगतका भन्दा यसपल्ट राष्ट्रिय खेल लामो समयसम्म सञ्चालन हुनेछ । कर्णाली प्रदेशमा मात्र खेल सञ्चालन हुने छैन । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्न तीनै तहका सरकारको जिम्मेवारी रहेको बताए । २३ वटा खेल मात्र कर्णाली प्रदेशमा आयोजना हुने मन्त्री मल्लले उल्लेख गरे । कर्णाली प्रदेशभित्र २८ वटा खेल हुनेछन् । बाँकी चार खेल पौडी, सुटिङ, खोखो र टेनिस भने लुम्बिनी प्रदेशमा हुनेछन् । आवश्यक पूर्वाधार अभावका कर्णाली प्रदेशबाहिर हुन लागेको हो । दशौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत प्रतिष्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीले २० हजार रुपैयाँ दिइने जनाइएको हो । रजत पदक विजेताले १५ हजार रूपैयाँ र कांस्य पदक विजेताले आठ हजार रूपैयाँ पाउनेछ । टिम प्रतिस्पर्धातर्फ स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः १५ हजार, १० हजार र आठ हजार रूपैयाँ प्रदान गरिने राखेपले जनाएको छ । राखेपले यस विधामा रजत र कास्य जित्नेलाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा ३२ खेल समावेश छन् । ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल १३३७ पदकका लागि प्रतिष्पर्धा हुनेछ । सरकारले ४४ करोड १० लाख रुपैयाँ दशौं खेलकुदका विनियोजन गरिसकेको छ । राखेपले आयोजनाका लागि ७२ करोड आवश्यक पर्ने सरकार समक्ष प्रस्ताव गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।  सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसँग आग्रह गरेका हुन्।  भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउ... ...

नेपालखबर
तातोपानी नाका तत्काल खुलाउन  परराष्ट्रमन्त्री खनालको  जोड
Latest NewsJust now

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ, मङ्सिर ३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिनुभएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग च... ...

गोरखापत्र
भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार
Latest NewsJust now

भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । उहाँले बिहीबार नै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुगेर औपचारिक रूपमा पदभारसमेत ग्रहण गर्नुभएको छ । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको हो । समारोहमा राजदूत पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play