Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकूदमा आज १० खेल विधामा प्रतिष्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकूदमा आज १० खेल विधामा प्रतिष्पर्धा
Photo / Coverage: पर्दाफास

कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार (मंसिर ११ गते) विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताका खेलहरू कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन्। आज सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक, फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्। त्यसैगरी बाँकेको नेपालगन्जमा पौडी, बर्दियामा टेनिस तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ। शुक्रबारको खेल तालिकाअनुसार वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारको पहिलो खेल बिहान ९ बजेदेखि महिला क्रिकेट सुरु हुनेछ भने अर्को खेल दिउँसो १ः३० बजे हुने तालिका छ। बिहान ९ बजे महिला बास्केटबलका खेल पनि हुनेछन्। त्यस्तै, सुर्खेतको मुख्य रंगशालामा बिहान ९ बजेदेखि पुरुष फुटबलका खेल सुरु हुनेछन्। ती खेल दिउँसो २ः३० बजेसम्म हुनेछन्। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ। यता, सुर्खेतस्थित मुख्य कभर्डहलमा बिहानैदेखि बक्सिङका खेल हुनेछन् भने मिनी कभर्डहलमा जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन्। ब्याडमिन्टन कभर्डहलमा बिहान ११ बजेदेखि फुल कन्ट्याक्ट कराँतेका खेल हुने तालिका छ। सुर्खेतबाहिरका खेलस्थलमा पनि शुक्रबार प्रतिस्पर्धा हुनेछ। नेपालगन्जमा बिहान ९ बजेदेखि पौडी प्रतियोगिता हुनेछ भने बर्दियामा टेनिसका खेल हुनेछन्। पश्चिम रुकुमको चौरजहारीमा बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसंघको आह्वान
OthersJust now

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसंघको आह्वान

११ मंसिर, काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम… ...

अनलाइन खबर
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन, साना सवारी चल्नै सकेनन्
OthersJust now

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन, साना सवारी चल्नै सकेनन्

हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन। डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन्। खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर सडकको फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ। तर फिदिम–काबेली खण्डमा भने यहाँ डाइभर्सन नहुँदा ठूला सवारीसाधनमात्रै सञ्चालन भइरहेका छन्। हिउँद लागे पनि फिदिम नगरपालिका–४ र ...

पर्दाफास
गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु
OthersJust now

गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कार्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका करिब ५० वर्षीय महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा ...

पर्दाफास
अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई २ लाख जरिवाना
OthersJust now

अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई २ लाख जरिवाना

सरकारी अनुदानको रासायनिक मल दुरुपयोग गरी बिक्री वितरण गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थित सञ्जीवनी कृषि भण्डारलाई रु दुई लाख जरिवाना गरेको छ । स्थानीय किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल अन्यत्र बिक्री गरिएको जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा खटिएको टोलीले आज कृषि भण्डारमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement