Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैं मनाएर काठमाडौँ फर्किने बढे, नाकाहरूमा बढ्यो सवारी चाप

दशैं मनाएर काठमाडौँ फर्किने बढे, नाकाहरूमा बढ्यो सवारी चाप

10/23/2026, 4:05:23 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैं मनाएर काठमाडौँ फर्किने बढे, नाकाहरूमा बढ्यो सवारी चाप

सवारी चाप बढ्न थालेको छ । दसैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताए । कार्यालयका प्रहरी प्रवक्ता नरेशराज सुवेदीले उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको जानकारी दिए । उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने
OthersJust now

झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने

जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्‍याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै प्रशासनको निर्देशन अटेरी गरी चर्को आवाजमा डिजे बजाइएको पाइएमा ...

पर्दाफास
गौतमबुद्ध विमानस्थल किन चलेन ? कारण खोज्दै निजी क्षेत्र
OthersJust now

गौतमबुद्ध विमानस्थल किन चलेन ? कारण खोज्दै निजी क्षेत्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्‍यो । सरकारले विमानस्थलको शिलान्यास गर्‍यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्‍यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान् भन्ने निजी क्षेत्रको अपेक्षा अहिले निराशामा बदलिँदै गएको छ । करिब ...

पर्दाफास
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
OthersJust now

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

६ कात्तिक, वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो… ...

अनलाइन खबर
एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट
OthersJust now

एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट

५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। बिहीबार साँझदेखि बिक्री खुला गरिएको पहिलो खेलको टिकट सोल्ड आउट भएको हो। खेलका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको थियो। टिकट बिक्री खुला भएको छोटो समयमै सबै टिकट बिक्री… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play