Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Business/दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच सामाजिक एकतालाई मजबुत बनाउँछ : सभामुख अर्याल

दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच सामाजिक एकतालाई मजबुत बनाउँछ : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच सामाजिक एकतालाई मजबुत बनाउँछ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत गर्ने बताएका छन् ।

नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्न माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन् ।

‘जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानून निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशिल र प्रतिवद्ध छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

उनले विजय दशमीको यस सुखद् घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् । उनले विजयदशमीले समस्त नेपाली जनहरुमा नवीन् ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गरेका छन्।

सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दसैँलाई दूराचारमाथि सदाचारको जीत र असत्यमाथि सत्यको विजय प्रतिकका रुपमा मनाइने उल्लेख गरेका छन् । यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको सुमार्गमा हिड्ने प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

टेस्ला र स्पेसएक्स मर्ज गर्ने तयारीमा एलन मस्क, अध्ययन समिति गठन
अर्थतन्त्रJust now

टेस्ला र स्पेसएक्स मर्ज गर्ने तयारीमा एलन मस्क, अध्ययन समिति गठन

काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले आफ्ना दुई कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्नेबारे विचार गरिरहेको बताएका छन्। उनले दुवै कम्पनीबीच मर्जर गर्नु उपयुक्त हुने आफ्नो धारणा रहेको बताउँदै यसबारे अध्ययन गर्न विशेष समिति गठन गरिएको जानकारी दिएका छन्। मंगलबार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय विश्लेषकहरूसँग भएको छलफलका क्रममा मस्कले टेस्ला र स्पे… ...

आर्थिक न्यूज
बडा दसैँको टीका सुरु, मान्यजनबाट टीका र जमरा लगाउँदै
अर्थतन्त्रJust now

बडा दसैँको टीका सुरु, मान्यजनबाट टीका र जमरा लगाउँदै

काठमाडौं- विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ ...

आजको अर्थ
राष्ट्रपति पौडेलले शुभ साइतमा ग्रहण गरे दशैँको टीका
अर्थतन्त्रJust now

राष्ट्रपति पौडेलले शुभ साइतमा ग्रहण गरे दशैँको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।  आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई … ...

आर्थिक न्यूज
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह
अर्थतन्त्रJust now

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले वर्षौंसम्म ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play