दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार यस वर्ष गत वर्षका तुलनामा दुई हजार ६२७ पर्यटक बढी आएका छन् । उनका अनुसार यस वर्ष पर्यटक आगमन बढ्नुको प्रमुख कारणमध्ये मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले पुर्याएको क्षति पनि एक हो । मनास्लु पदमार्गमा बाढीपहिरोका कारण आवागमन प्रभावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आएका उनले बताए । यस वर्ष मौसम अनुकूल रहनु र पछिल्लो समय मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ । केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना छन् । त्यस्तै, सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन् । जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटक आएका छन् । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज २९ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् । बैंकले प्रतिकित्ता […] ...

सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित […] ...


-1766049283.jpg)
