दशैंमा हुम्लामा चार करोडको खसीबोका व्यापार

हुम्लामा रु चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो । बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ । सुदुरपश्चिमका लिपुलेख, दार्चुला, अपी हिमाल क्षेत्रबाट खसी ल्याएर दसैंमा बिक्री गरेको उनले बताए । यसैगरी, साढे तीन सय खसी बिक्री गर्नुभएका खसी व्यापारी पाल्दन सुनारले यो वर्ष दसैंमा हालसम्मकै धेरै व्यापार भएको जानकारी दिए । रु २० हजारदेखि ३५ हजारसम्मका खसीहरु स्थानीयले दसैंका लागि किनेर वलि चढाउने कार्य गरेको सुनारको भनाइ छ । चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयात गर्न नदिएका कारण स्थानीय खसीहरु बढी बिक्री भएको पाइएको छ । रु ३४ हजारको खसी दसैंमा वलि चढाउनुभएका स्थानीय जयबहादुर शाहीले मुल्य बढेपछि खसीको व्यापार नघटेको बताए । यो वर्ष विगतभन्दा खसीको व्यापार कम हुने अपेक्षा गरिएको भएपनि झनै बढेको बताउदै दसैंको महत्व पनि खसीको व्यापारले झल्काएको बताए । हुम्ला जिल्लामा मात्र नभएर यस पटक हुम्लाका चार ट्रक खसीबोका पहिलो पटक व्यापारीले पोखरासमेत लग्नुभएको थियो । दसैंमा खसीको व्यापार वृद्धि भएको उद्योग वाणिज्य सङ्घले पनि जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि, खुला सीमाका चुनौतीबारे छलफल हुने
काठमाण्डु- नेपाल र दक्षिणी छिमेकी भारतका सुरक्षा अधिकारीहरूको उच्चस्तरीय समन्वय बैठक बुधबारदेखि काठमाण्डुमा सुरू हुँदैछ। यो बैठकमा दुई देशबीचको खुला सिमानाबाट भइरहेका आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध तस्करी रोकथाम, मानव बेचबिखन नियन्त्रण र तेस्रो मुलुकका नागरिकको आवागमन निगरानीलगायतबारेमा छलफल हुने एजेन्डा छ। यो बैठक नेपालबाट सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को आयोजनामा […] ...

समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह
समृद्ध मुलुकहरूमा पछिल्ला आन्दोलनका मुद्दा फरक देखिए पनि तिनको एउटै प्रश्न छ- राज्य कति न्यायपूर्ण, उत्तरदायी र विश्वसनीय छ ? आन्दोलनहरू आर्थिक अभाव वा जीवनयापनको सङ्कटमा मात्र सीमित छैनन्; ती अधिकार, समानता, सम्मान र संस्थागत विश्वासको प्रश्नसँग जोडिएका छन्। ...

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग
लस एन्जलस । नेपालको भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसनले डेढ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठका अनुसार बाढी प्रभावितका लागि संकलन गरिएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । श्रेष्ठका अनुसार फाउन्डेसन मार्फत अमेरिकामा रहेका नेपाली समुदाय बाट… ...

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग
१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र 'चेजिङ केओस' प्रदर्शनबाट संकलित रकम नेपाल पठाएका छन्। हालै ब्रिस्बेनमा आयोजित प्रदर्शनबाट संकलित रकममध्ये उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ हजार अस्ट्रेलियन डलर जम्मा गरिसकेको जानकारी दिएका छन्। अनलाइनखबरसँग कुरा गर्दै निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न… ...


