दशैंमा सशस्त्रको निःशुल्क बस

काठमाडौं। सशस्त्र प्रहरी बलले बडादशैंका अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दशैंको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। निःशुल्क बस सेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। ती बस बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म विभिन्न रुटमा चल्ने छन्। सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। यसैगरी सशस्त्र प्रहरी हेडक्वार्टरबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्कलगायत स्थानका यात्रुलाई निःशुल्क सेवा दिनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...


