दशैंमा घर फर्किनेको लर्को, झन्डै पाँच लाखले छाडे काठमाडौँ उपत्यका

बडादशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ । दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजकमा रेड बुल
१ कात्तिक, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभीएल) को आगामी तीन संस्करणका लागि रेड बुल मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ। लिग आयोजकले बुधबार रेड बुलसँगको बहुवर्षीय साझेदारी घोषणा गरेको हो। सम्झौता आगामी संस्करणदेखि लागू हुनेछ। विश्वप्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड रेड बुल र नेपालको महिला भलिबल लिगबीचको सहकार्यले महिला खेलकुदको विकास तथा प्रवर्द्धनमा योगदान… ...

गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित
खाद्य प्रविधि विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट (सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका) तत्काल बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न आदेश दिएको छ । ...

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस
१ कात्तिक, काठमाडौं । बुढीगण्डकी बाढीका कारण सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको छ । चाडपर्वका बेला पनि प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन रेडक्रस सक्रिय रहेको सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए । बाढीबाट प्रभावित परिवारका लागि दाल, चामललगायत खाद्य सामग्री तथा कम्बल, त्रिपाल र… ...

किन आक्रोशित भइन् कंगना रनौत ?
कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । कतिपय सामाजिक तथा राजनीतिक विषयमा उनी चुप लागेर बस्दिनन् । त्यही कारण उनी चर्चासँगै विवादमा पनि रहने गर्छिन् । चाहे त्यो नितान्त आफ्नै विषयमा जोडिएको कुरा होस् वा अरूको । यसपालि पनि उनले मुख थुनेर बस्न सकिनन् । यसपालि उनी लोकगायिका नेहा सिंह राठौरको पक्षमा… ...


