दशैंमा खसीबजारः किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

काठमाडौं । यस वर्षको दशैँमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य अघिल्लो वर्षको तुलनामा निकै बढेको छ । गत वर्ष दशैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री भएको खसीको मासुको मूल्य यस वर्ष बढेर १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म पुगेको छ । नेपालमा सबैभन्दा बढी मासु खपत हुने पर्व दशैँको समयमा खसीको मासुको मूल्य बढे पनि किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् । खसी व्यापारीले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोपछि ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको मुख्य कारण मानेका छन् । काभ्रेबाट खसीबोका बिक्री गर्न काठमाडौं आउनुभएका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभए पनि अपेक्षाअनुसार मूल्य पाउन नसकेको बताउनुभयो । उहाँले यस वर्ष २५० वटा खसी ल्याउनुभएको थियो । तीमध्ये २१० वटा बिक्री भइसकेका छन् भने ४० वटा बाँकी छन् । उहाँका अनुसार खसीको तौल र आकारअनुसार प्रतिकिलो ७०० देखि ९०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘मैले यो पटक २५० वटा खसी ल्याएको थिएँ । बिक्री गरिरहेको छु, अब ४० वटा बाँकी छन् । दिउँसो २–३ बजेसम्म सबै बिक्री हुन्छन् होला । साना खसी एउटा परिवारले मात्रै खानका लागि लैजान्छन् भने ठूला खसी दुई–तीन परिवार मिलेर पनि किन्छन्,’ उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष खसीको मासु महँगो भएको उल्लेख गर्दै मोक्तानले सस्तो खसीको मूल्यसमेत प्रतिकिलो ७५० रुपैयाँभन्दा कम नरहेको बताउनुभयो । बाढीका कारण नाका बन्द हुनु र पश्चिम एसियामा जारी द्वन्द्वले पनि मूल्यवृद्धिमा प्रभाव पारेको हुन सक्ने उहाँको भनाइ छ । किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला उपभोक्ताले भने मासु पसलबाट प्रतिकिलो १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म तिर्नुपरेको छ । मासुका उपभोक्ता अमृत तिवारीले यस वर्ष खसीको मासु महँगिएको बताउनुभयो । उहाँका अनुसार जिउँदो खसी प्रतिकिलो ९०० देखि १ हजार रुपैयाँसम्ममा किन्नुपर्ने अवस्था छ भने तयारी मासुका लागि प्रतिकिलो २ हजार रुपैयाँसम्म तिर्नुपरेको छ । ‘यो वर्ष खसीको मासु अलिकति महँगो छ । यसपटक भारतीय खसी नभित्रिएका कारण पनि मूल्य बढेको हुन सक्छ । हामीले जिउँदो खसी प्रतिकिलो ९०० रुपैयाँमा किनिरहेका छौँ । तयारी मासुका लागि २ हजार रुपैयाँसम्म हाल्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो । दशैँको दुई साताको अवधिमा काठमाडौं उपत्यकामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ । चाडपर्वका बेला खसीबोकाको माग उच्च हुने भए पनि आपूर्ति, ढुवानी लागत र बजार मूल्यबीचको अन्तरले किसान तथा उपभोक्ता दुवै प्रभावित भएका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

भारतबाट बिस्कुट प्रियागोल्ड आयातमा रोक, बजारबाट सबै बिस्कुट फिर्ता गर्न निर्देशन
भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। भारतमा सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेर नेपाली बजारमा समेत उल्लेख्य मात्रामा आयात र बिक्री वितरण भइरहेको प्रियागोल्डका विस्कुटहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात र बिक्रीमा रोक लगाएको हो। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले अ... ...

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
पछिल्लो २४ घण्टाभित्र भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। ...

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनाहरूमा उनीहरूको ज्यान गएको हो। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी ...

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी – सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो […] ...


