Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)

दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)

काठमाडौं । दशैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् टिका, जमरा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला खानेकुराका विभिन्न परिकारहरुको कुरा नै आउँछन। दशैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन्। झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्यानउनु परेका थुप्रै उदाहरणहरु पनि पाइन्छन छन। भेटघाट, रमाइलो भन्दा पनि स्वादको पछाडी लागेर खानपिनमा सामान्य हेलचक्राई गर्दा पनि धेरैको दसैंअस्पतालमा पुग्ने गरेको पनि पाइन्छ। त्यही भएर चिकित्सकहरुले दशैंको समयमा सबैलाई खानपिनमा विशेष ध्यान दिन आग्रह गरिरहेका हुन्छन्। चिकित्सकहरुका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका विरामीको संख्या हृवात्तै बढ्छ। रातो मासु, छाला वा त्यसमा हुने वोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने संभावना उत्तिकै रहेको हुन्छ। दशैंको समयमा बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौलाको रोग, फुड पोइजनिङ आदि समस्या समेत देखिने गरेको छ। मासुका परिकार खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउन सक्दछ। मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरीक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ। अझ दसैंको समयमा मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्छन्। त्यो पनि अत्याधिक मात्रामा चिल्लो हालिएका । रातो मासु र चिल्लो दुवै मुटुका बिरामीलाई हानिकारक खानेकुरा हुन् । यो समयमा मुटुका बिरामीहरुले एक दुई टुक्रा सेतो मासु र प्रसस्त मात्रामा हरियो सागसब्जि तथा फलफुल खानु नै सबैभन्दा उत्तम हुने गर्छ। दशैंको सयममा नेपालीहरुले हरेक पटकको खानेकुरा तथा खाजाको समयमा मासुलाई छुटाउँदैनन् । दसैंमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसलेदार र अधिक चिल्लोपना भएका खानेकुरा बढि खाइन्छ । मिर्गौला रोग लागिसकेकाले चाडबाडका नाममा मासु र अत्याधिक चिल्लोयुक्त खानेहुरा खानु हुदैन। यसका साथै सामान्य समस्या देखिएकाले पनि चाडवाडको समयमा मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाले गर्ने नियमित क्रियाकलापमा सन्तुलन गर्ने प्रक्रियामा असर गर्न सक्छ। चाडबाडको समयमा मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्ता बिरामीले बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर, तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हुँदैन। मधुमेहीलाई थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा (मुरै), कर्नफ्लेक्स, चाउमिन, गेडागुडी –दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) खान हुन्छ । उनका अनुसार मधुमेहका रोगीले स्वास्थ मानिस सरह हरिया सागसब्जी, करेला, काउली, गोलभेँडा, स्कुस, घिरौला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गाँजर, कागती आदि खान मिल्छ । मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । यस्तै पेय पदार्थमा चिनी तथा घ्यू नभएका चिया, कफी, सुप खान सकिन्छ। युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ। युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्यधिक हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ वाथ रोग भएकालहरुले दसैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ। खाने परेमा पनि निकै थोरै खाने र बिहान शारीरिक अभ्यास गर्नु पर्ने हुन्छ। दशैंको समयमा खानामा ध्यान नदिँदा कलेजो विग्रन सक्छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रन सम्भावना हुन्छ। The post दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

खानामा स्वादसँगै संस्कृति
ताजा खबरJust now

खानामा स्वादसँगै संस्कृति

काठमाडौं।खाना जिब्रोको स्वादका लागि मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि खानुपर्छ। जिब्रोलाई मिठो लाग्ने सबै खानाले स्वास्थ्यमा राम्रो गर्छ भन्ने हुँदैन। त्यसैले स्वादसँगै खानाको पोषण र स्वास्थ्यमा पर्ने असरबारे पनि ध्यान दिनुपर्छ। नेपालका कतिपय परिकार संस्कार र संस्कृतिसँग जोडिएका छन्। कुन पर्व वा उत्सवमा के खाने भन्ने परम्परा नै बनेको छ। तर, बजारमा नयाँनयाँ परिकारको प्रचलन बढ्दै जाँदा परम्परागत र रैथाने ...

नेपालन्युज
मुन्दुममा डुबेको मिङमार मन्दुमी
ताजा खबरJust now

मुन्दुममा डुबेको मिङमार मन्दुमी

गाउँमा आयोजना हुने विवाह होस् वा अन्य मुन्दुमी उत्सवहरु । सानो उमेरका मिङमार खालिङ पाको उमेरका पूर्खाहरुसँग चुलाको छेउमा मुन्दुमी कार्य गरिरहेका हुन्थे । उनका दौंतरीहरु आँगनमा रमाइलो गर्दै नाचिरहँदा... ...

रातोपाटी
पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ
ताजा खबरJust now

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play