Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ। हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ । दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक ध्वंस्त हुँदा दुई सातासम्म पूर्ण रुपमा सडक अवरुद्ध बनेको थियो । बर्सेनि सोह्र श्राद्धका बेला हजारौ तीर्थालुहरु मुस्ताङ आउने गरेका भएपनि यसपटक सडक असहजताका कारण पर्यटक उपस्थिती हुन सकेको थिएन । मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसंगै बेनी-जोमसोम सडकमार्गका होटलहरु पर्यटकले भरिन थालेका छन् । यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वायनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ । तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आउनुभएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए । ललितपूरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरलानाका घुम्न आएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

खाजाको ठेलामै अडिएको मिथल र गायत्रीको जिन्दगी, बुढेसकालमा पनि दुःखको भारी
ताजा खबरJust now

खाजाको ठेलामै अडिएको मिथल र गायत्रीको जिन्दगी, बुढेसकालमा पनि दुःखको भारी

जनकपुरधाम । घाम झुल्किनासाथ धनुषाको नगराइन नगरपालिका लगमा गाउँका ६४ वर्षीय मिथल साह र उनकी ६० वर्षीय श्रीमती गायत्री ग्राहकलाई खुवाउन खाजाको सामग्री तयारीमा जुटिसकेका हुन्छन् । भुजा, चिउरा, चना, केराउको... ...

रातोपाटी
एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना
ताजा खबरJust now

एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना

तेस्रो संस्करण सुरु हुनुअघि प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै खेलाडी, कमेन्टेटर, आयोजक र क्यानलाई शुभकामना दिएका छन् । ...

कान्तिपुर
दुर्लभ एकसिंगे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
ताजा खबरJust now

दुर्लभ एकसिंगे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एकसिंगे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो । क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपीएल) मा सहभागी […] ...

लोकपथ
एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो : रामेश्वरप्रसाद बस्याल
ताजा खबरJust now

एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो : रामेश्वरप्रसाद बस्याल

एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले कान्तिपुरसँगकाे अन्तर्वार्तामा भने- यसले नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली समुदायलाई पनि एउटै भावनात्मक सूत्रमा बाँधेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play