दशैंको मौकामा सुनसरीमा एन्बुलेन्सबाट गाँजा तस्करी

काठमाडौं।बडादशैंको मौका छोपेर सुनसरी र सप्तरीमा गाँजा ओसापसारका घटना भएका छन्। प्रहरीका अनुसार दुहवी नगरपालिका–६ बुढीखोलाको किनारबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। प्रहरीले उक्त स्थानबाट ५७४.८७० किलो गाँजा बरामद गरेको छ। आइतबार राति इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रहेको ना४च ६०६३ नम्बरको एम्बुलेन्समा चेकजाँच गरेको थियो। उक्त एम्बुलेन्समा १७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरिएको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले बताए। उनका अनुसार एम्बुलेन्स चालक फरार छन्। उनको खोजी भइरहेको छ। यस्तै, प्रहरीले सप्तरीको बलान बिहुल गाउँपालिका–६ मौवहा पुवारी टोल नजिकै सडकबाट गाँजा बरामद गरेको छ। उक्त स्थानबाट ७२.५०५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहा भगवापुर गाउँपालिका–४ कल्याणपुरका ४८ वर्षीय रामनारायण ठाकुर र सोही गाउँपालिका–१ का ३७ वर्षीय मनोजकुमार मण्डल रहेका छन्। इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो। धनकुटामा र उदयपुरमा खेती गरिएको गाँजा सप्तरी र सुनसरीका विभिन्न नाका हुँदै भारत तस्करी हुने गरेको छ। प्रहरीका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा सुनसरी र उदयपुरबाट गाँजा तस्करी गर्ने समूह सक्रिय छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृत्यु, ११ घाइते
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक... ...

हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु
रंगकर्मी सुरज तमुको दशैं सम्झना : एकातिर बाघचाल खेल्नेहरू हुन्थे भने अर्कातिर भैँसीको छालाबाट ‘नारा’ बनाउनेहरू हुन्थे । असारमा कुन नारा बलियो भयो, कसको छिनियो वा यसपालि कस्तो बन्ला भन्नेबारे गफगाफ चल्थ्यो । ...

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा... ...

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने... ...


