दशैंको टिकाका दिनदेखि बेपत्ता साकेत धानखेतमा मृत भेटिए

जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता ७ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झाको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ धानखेतमा फेला परेको हो। धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार केही समयअघि धानखेतमा बालकको शव फेला परेको हो। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको उनले बताए। साकेत गत कात्तिक ४ गते दशैंको टिकाका दिन घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवारजन तथा गाउँले चिन्तित भएका थिए। बालक बेपत्ता भएपछि प्रहरीले परिवारजनसँगै खोजीलाई तीव्रता दिएको थियो। नजिकका गाउँघर, पोखरी तथा झाडी क्षेत्रमा समेत खोजी गर्दा पनि साकेत फेला परेका थिएनन्। प्रहरीले बालकको हत्या भएको हुन सक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी... ...

भारतका विपक्षी दलद्वारा निर्वाचन आयुक्तमाथि ‘प्रतीकात्मक महाभियोग’को अभ्यास
काठमाडौँ । भारतका राजनीतिक विपक्षी दलहरूले शनिबार निर्वाचन आयुक्तको ‘प्रतीकात्मक महाभियोग’ को अभ्यास गरेका छन् । उनीहरूले मतदाता सूची संशोधनमा भएको भनिएको अनियमितताको विरोधमा यो कदम चालेका हुन् । संशोधनले सत्तारूढ... ...

पदमपोखरीमा व्यावसायिक मेवाखेतीबाट किसानको आम्दानी बढ्दै
बागमती । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीमा आकर्षित भएका छन् । मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका छन् । आधामार कृषक समूहका... ...

कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छ: मुख्यमन्त्री
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताएका छन् । लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरको आजको निरीक्षण भ्रमणपछि त्यहाँका... ...


