Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज सुरु

दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज सुरु

10/26/2026, 11:54:08 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज सुरु

दशैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ । प्रशासनिक केन्द्र सिंहदरबारलगायत सरकारी कार्यालयहरू आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । दशैँका अवसरमा सरकारले दिएको लामो बिदापछि आज पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम भएपनि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र विभागहरूमा कर्मचारीको उपस्थिति पातलो देखिएको छ । राजधानीका मुख्य सडकहरूमा सवारी साधनको चाप बिस्तारै बढ्न थालेको छ भने उपत्यका बाहिर गएका सर्वसाधारणको फिर्ती यात्रा जारी छ । कार्यालय खुलेको पहिलो दिन भएकाले कर्मचारीहरू अझै दशैँको थकान र पारिवारिक जमघटबाट पूर्ण रूपमा कार्यक्षेत्रमा फर्किने क्रममा रहेका छन् । जसका कारण कार्यालयहरूमा कामको गति सुरुवाती दिनमा सुस्त देखिएको छ । यद्यपि, केही दिनभित्रै कर्मचारीहरूको पूर्ण उपस्थिति हुने र प्रशासनिक कामकारबाहीले नियमित गति लिने सरकारी अधिकारीहरूले जनाएका छन् । लामो बिदाका कारण रोकिएका महत्त्वपूर्ण प्रशासनिक कामहरू अबको केही दिनमा तिब्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । अहिले कार्यालयहरूमा कर्मचारीको संख्या कम देखिए पनि सेवाग्राहीहरूको उपस्थिति भने फाटफुट मात्रै रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला : मन्त्री लम्साल
OthersJust now

३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला : मन्त्री लम्साल

९ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) 'होम एन्ड अवे' अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिँदै कम्तीमा ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताएका हुन्। फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play