Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ । घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीकाअनुसार सबैभन्दा धेरै कैलालीमा ८८ सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक सय ४६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ५० जना घाइते भएका छन् । यी दुई बाहेक अन्य जिल्लामा सवारी दुर्घटनामा मानिसको मृत्यु भने भएको छैन् । डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २/२ तथा बझाङ र बैतडीमा १/१ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४७ जना घाइते भएका छन् । यो दशैँमा भएका सवारी दुर्घटनाको संख्याले अघिल्लो वर्षको रेकर्ड भने ब्रेक गरेको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म दुर्घटना भएका भन्दा यो दशैँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्म प्रदेशभर एक सय २२ सवारीसाधन मात्र दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु हुँदा दुई सय ५३ घाइते भएका थिए । तर, यो वर्ष भने दशैँमै एक सय ५२ दुर्घटनामा छ जनाको मृत्यु र दुई सय ४३ जना घाइते भएका छन् । ट्राफिक प्रहरीको यो तथ्यांकले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने कुरा चुनौतीपूर्ण बन्दै जान थालेको छ । तर, दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घट्ने कुरालाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, आजै नियुक्ति पत्र दिने तयारी
ताजा खबरJust now

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, आजै नियुक्ति पत्र दिने तयारी

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।  आज नियुक्तिपत्र दिने तयारी रहेको समेत उच्च स्रोतले जनाएको हो।  सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि ३ जनाको सर्टलिस्ट पठाएको थियो। तीन सदस्यीय छ... ...

नेपालखबर
कर्णाली याक्सका साहिबजादा फरहान पाकिस्तान फर्किने
ताजा खबरJust now

कर्णाली याक्सका साहिबजादा फरहान पाकिस्तान फर्किने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी ब्याटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् । पाकिस्तानले उनलाई श्रीलङ्कासँगको... ...

रातोपाटी
बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती
ताजा खबरJust now

बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चाँडै धानबाली नभित्र्याउन, हिमाली यात्रा स्थगित गर्न र मौसमको अवस्था हेरेर यातायात सञ्चालन गर्न सुझाव दिएका छन् । ...

कान्तिपुर
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
ताजा खबरJust now

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएपछि त्यसको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले प्रदर्शन गर्दै उनको नियुक्ति खारेज गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले आनी छोइङ डोल्मासँग सम्बन्धित नागरिकता र सम्पत्ति शुद्धीकरणका विषयमा समेत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play