Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता

दशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता

ब्रिटेनको ब्ल्याकपुल शहरमा आफ्ना बाबा, आमा र दिदीसँग बसोबास गर्ने १८ वर्षीय दिवस सुनार हालै प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनका लागि छनोट भएका छन्। ब्रिटेनमै जन्मिएका उनलाई दशैँतिहार जस्ता चाड निकै मन पर्छन्।सुदूरपश्चिम नेपालको महेन्द्रनगरमा रहेका आफ्ना नातेदारहरूलाई भेट्न तीन, चार पटक नेपाल पुगिसकेका दिवसलाई नेपाली समुदाय, फुपू र परिवारसँग मिलेर पूजापाठ गर्नुका साथै मान्यजनबाट टीका र आशीर्वाद थाप्न निकै मन पर्छ।मम र सेलरोटी असाध्यै मन पराउने दिवस भन्छन्, "मलाई आफू नेपाली भएकोमा कुनै दुबिधा छैन। म ब्रिटेनमा हुर्किए पनि आफ्नो संस्कृति र माटोसँग उत्तिकै जोडिएको छु।"नेपालमा हालै गएको बाढी पहिरो र त्यसले गरेको धनजनको ठूलो क्षतिको खबरले आफूलाई दुःखी बनाएको बताउँदै उनले आफ्ना साथीहरूसँग मिलेर राहत कोष सङ्कलन अभियानमा समेत सहयोग गरिरहेका छन्। नेपालमा ठूलो क्षतिको पृष्ठभूमिमा यूकेका नेपाली यसरी दशैँ मनाउँदै छन्सिक्किम र दार्जलिङमा मनाइने दशैँ कस्तो हुन्छ? दिवसकी दिदी दीक्षा सुनार दुई वर्षको उमेरमा आफ्ना बाबा आमासँग ब्रिटेन आएकी हुन्।ब्ल्याकपुल टिचिङ अस्पतालको ज्येष्ठ नागरिक विभागमा कार्यरत दीक्षा काठमाडौँमा जन्मिएकी हुन्।उनलाई तिहार पर्व निकै मन पर्छ । "दीपावलीभन्दा हाम्रो तिहार एकदमै फरक र अद्वितीय छ। काग, कुकुर, गाईको पूजा गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धले यसको महत्त्व अझ बढाउँछ," उनले भनिन्।आफ्नी आमाबाट नेपाली खाना पकाउन सिकिरहेकी उनले नेपालमा हालै भोटेकोशी-त्रिशुली नदीमा आएको भीषण बाढी र त्यसले गरेको विनाशबारे ब्रिटेनस्थित अस्पतालका सहकर्मी तथा साथीहरूलाई सामाजिक सञ्जालमार्फत् सचेत गराउँदै सहयोग जुटाउने काम गर्दै आएकी छन्।भविष्यमा नेपालमा स्वास्थ्यसम्बन्धी काम गर्न साथीहरूसँग मिलेर एउटा फाउन्डेशन स्थापना गर्ने उनको सोच छ।ब्रिटेनमै जन्मेकी सुष्मा नेपालका लागि पनि दशैँ र तिहार वर्षकै सबैभन्दा विशेष समय हुन्।"मेरो लागि वर्षमा दुईवटा क्रिसमस भएजस्तै लाग्छ— एउटा अक्टोबरमा नेपालको दशैँ र अर्को डिसेम्बरमा ब्रिटेनको क्रिसमस," उनले भनिन्।नेपाल जाँदा हजुरबुबा-हजुरआमाको हातबाट टीका थाप्ने, गाउँ घुम्ने र मासुका विविध पकवान खाने अनुभव उनका लागि अविस्मरणीय छ। दाजुभाइ नभएकाले तिहारमा भतिज/भाञ्जाहरूलाई सात रङ्गी टीका लगाइदिने सुष्मालाई 'कुकुरतिहार' मा आफ्नो कुकुर 'टाशी'लाई पूजा गर्न पाउँदा असाध्यै खुसी लाग्छ।'गो फन्ड मी' अभियाननेपाली बुवा र ब्रिटिश आमाकी सन्तान २५ वर्षीय सुष्मा नेपालका घटनाक्रमहरूबारे निकै रुचि राख्छिन्।गत २६ अगस्टमा उत्तरी नेपालमा आएको भीषण बाढीले गरेको व्यापक विध्वंसको समाचार सार्वजनिक हुनासाथ उनले आफ्ना पिता व्यवसायी उत्तम नेपालसँग सल्लाह गरेर 'गो फन्ड मी' अभियान सुरु गरिन्।अहिलेसम्म उक्त अभियानबाट २० हजार पाउन्ड (झन्डै ४० लाख रुपियाँ) भन्दा बढी रकम सङ्कलन भइसकेको छ। आफ्ना पितासँग नेपाल गएर उठेको रकममध्ये केही प्रधानमन्त्री दैवी उद्धार कोषमा र केही रकम प्रभावित समुदायलाई सहयोग गर्न खर्च गर्ने योजना उनले सुनाइन्।नेपालीहरूको आत्मीयता, सहयोगी भावना र दृढ मनोबलको प्रशंसा गर्दै सुष्मा भन्छिन्, "महाभूकम्प र बाढी पहिरोजस्ता विपद्मा पनि नेपालीको अनुहारको मुस्कान हराउँदैन। मलाई मेरो नेपाली पहिचान र 'नेपाल' थरप्रति सधैँ गर्व छ।"१३ वर्षीय विभान कार्की स्कटल्यान्डमा जन्मिएका हुन् । उनी आफ्ना बाबाआमासँग एडिनबरा सहरमा बस्छन्। हाल माध्यमिक तह (एस टु कक्षा) मा अध्ययनरत उनलाई दशैँमा टीका र जमरा लगाउन मन पर्छ। त्यस्तै उनलाई सेलरोटी र बफ मम पनि मन पर्छ।घरमा दाल भात खान रुचाउने उनको मन पर्ने खेल फुटबल हो। उनलाई तिहार र होली (फागु) पर्व पनि मन पर्छ। "तिहारमा मलाई मेरी दिदी सलिनाले टिका लगाइदिनुहुन्छ। म काठमाण्डूमा बस्ने मेरी हजुरआमासँग नेपाली भाषामा कुरा गर्छु," उनले भने । दशैँको जमरा र इरानी नयाँ वर्षको जमराबीच यस्ता छन् समानताठाउँ र समुदाय अनुसारको दशैँ: रातो, सेतो, कालो र पहेँलो टीकाको प्रचलन ब्रिटेनमा बसोबास गर्ने दिवस, दीक्षा र सुष्माजस्ता थुप्रै युवाहरूले आफ्नो व्यस्त र आधुनिक जीवनशैलीबीच पनि नेपाली चाडपर्व, परम्परा र समाजप्रतिको उत्तरदायित्वलाई आत्मीयतासाथ अँगालिरहेका छन्।जानकारहरू भन्छन् - आफ्ना बाबा आमाको मुलुकभन्दा फरक मुलुकमा हुर्किरहेका किशोर किशोरी तथा युवक युवतीले प्राय: फरक फरक संस्कृतिबिच सामञ्जस्य कायम गर्न कठिनाइ भोग्नुका साथै पहिचानको सङ्कट पनि बेहोरिरहेका हुन्छन्।प्रवासमा नेपालीपनतर लन्डनमा बसोबास गर्ने संस्कृतिविद् दुर्गाप्रसाद पोखरेलचाहिँ ब्रिटेनमा हुर्किएका भए पनि नेपाली युवा पुस्तामा आफ्नो परम्परा र पहिचानप्रति गौरवको भावना रहेको बताउँछन्।"ब्रिटेनमा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली युवाहरूमा दशैँतिहार जस्ता चाडप्रति आकर्षण देखिन्छ। सुरुमा उनीहरूका लागि यो अवसर केवल पारिवारिक जमघट र रमाइलो मात्र थियो, तर अहिले पाश्चात्य समाजमा आफ्नो छुट्टै नेपाली परिचय देखाउन पनि उनीहरू गौरवका साथ चाडबाड मनाउँछन्," उनले भने।"भाषामा केही पार्थक्य भए पनि चाडबाडको पारिवारिक र भावनात्मक पक्षसँग उनीहरू निकै नजिक छन् जस्तो लाग्छ।"पण्डित पोखरेलका अनुसार परदेशको भूगोलले घर देश टाढा भए पनि दोस्रो पुस्ताको भावनात्मक 'जरा' नेपालसँग जोड्न भाषा र संस्कृति अनिवार्य छ।"भनिएको छ - छिन्ने मूले नैव शाखा न पत्रम् अर्थात् जरा नरहे रुखमा न हाँगा रहन्छ, न त पात, अपितु रुख पनि गर्ल्यामगुर्लम ढल्छ। थप कुरा उनीहरूलाई भोलिको विश्व मञ्चमा नेपालको कला संस्कृति र मौलिकता चिनाउने 'सांस्कृतिक दूत' बनाउन पनि नेपालसँग जोड्नुपर्छ र त्यसका लागि दशैँ तिहारजस्ता चाड पर्वहरूको महत्त्वपूर्ण भूमिका रहन्छ," पोखरेलले भने।भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार लगायत ब्रिटेनमा बसोबास गर्ने नेपाली समुदायको सङ्ख्या झन्डै अढाई लाख पुगेको अनुमान गरिन्छ।तमु धीं यूके, किराँत राई यायोख्या, पासा पुच: गुथी युके जस्ता संस्थाले बालबालिकाहरूलाई आफ्नो भाषा, संस्कृति र सम्पदासँग जोड्न विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्। दशैँमा आशीर्वाद दिँदा भनिने श्लोकको अर्थ थाहा छ?दशैँ: पुराना पुस्तालाई 'शास्त्रसँग सम्बन्ध विच्छेद'को चिन्ता, नयाँ पुस्ताका लागि 'व्यक्तिगत छनोट'को विषय लन्डनस्थित नेपाली दूतावास लगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा तमु धीं यूकेले गत अगस्ट महिनामा आयोजना गरेको नेपाली मेलामा दर्जनौँ सङ्घसंस्थाले आआफ्ना सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।उक्त मेलामा 'चिफ गेस्ट' रहेका लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी आफ्नो भाषा संस्कृति जोगाउन र दोस्रो पुस्तालाई नेपालसँग जोड्न ब्रिटेनस्थित नेपाली सङ्घसंस्थाले गरिरहेको प्रयासको प्रशंसा गर्दछन्।"दोस्रो र तेस्रो पुस्तालाई नेपालसँग जोड्न सके मुलुकले धेरै फाइदा लिन सक्छ," उनले भने।ब्रिटेनमै बसोबास गर्ने गैर आवासीय नेपाली सङ्घका अध्यक्ष हेमराज शर्मा प्रवासमा हुर्किरहेको युवा पुस्तालाई नेपालसँग जोड्न गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको कार्यान्वयन गर्नुपर्ने बताउँछन्।"त्यसो भयो भने नेपालको शून्य लगानीमा तयार भएका अन्तर्राष्ट्रिय स्तरको विज्ञको रूपमा उनीहरूले नेपाललाई सघाउन सक्छन्," उनले भने।तर यसको लागि नीतिगत रूपमा भने नेपाल सरकारले पहल गर्नु पर्ने उनको सुझाव छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

भारतबाट बिस्कुट प्रियागोल्ड आयातमा रोक, बजारबाट सबै बिस्कुट फिर्ता गर्न निर्देशन
ताजा खबरJust now

भारतबाट बिस्कुट प्रियागोल्ड आयातमा रोक, बजारबाट सबै बिस्कुट फिर्ता गर्न निर्देशन

भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। भारतमा सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेर नेपाली बजारमा समेत उल्लेख्य मात्रामा आयात र बिक्री वितरण भइरहेको प्रियागोल्डका विस्कुटहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात र बिक्रीमा रोक लगाएको हो।  भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले अ... ...

नेपालखबर
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनाहरूमा उनीहरूको ज्यान गएको हो। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी ...

केन्द्रबिन्दु
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
ताजा खबरJust now

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी – सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play