Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

‘दलहरूबीच एकता र सहकार्य आवश्यक’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘दलहरूबीच एकता र सहकार्य आवश्यक’
Photo / Coverage: नेपालन्युज

लमजुङ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। एमाले लमजुङद्वारा बेंसीसहरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले दलहरू एकअर्कालाई कमजोर बनाउने प्रतिस्पर्धामा लाग्दा मुलुक कमजोर बन्दै गएको उल्लेख गरे। संविधान कमजोर भए त्यसबाट प्राप्त नागरिकका हकअधिकार समेत गुम्न सक्ने उनको भनाइ थियो। पूर्व मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार विकास निर्माण र पुँजीगत खर्चका दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने बहसप्रति असहमति जनाए। उनले एमाले अब सत्ता केन्द्रित नभई जनता केन्द्रित भएर अघि बढ्नु पर्ने र पार्टीभित्र सुधार तथा पुनर्गठन आवश्यक रहेको बताए। कार्यक्रममा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीलाई बलियो बनाउन गुटगत गतिविधि त्यागेर आन्तरिक एकता कायम गर्नुपर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा
Latest NewsJust now

मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा

काठमाडाैँ। मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन... ...

रातोपाटी
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै
Latest NewsJust now

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ। यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उक्त संशोधन प्रस्ताव त्यहाँबाट प्राप्त भएसँगै शुक्रबार मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो। शिक्षक, विद्यार्थी र समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाउँदै आएका गुनासोहरूलाई सम्बोधन गर्ने लक्ष्यका साथ मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि ...

नेपालन्युज
पुटिनका विशेष दूत ह्वाइट हाउसमा, रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पको संकेत !
Latest NewsJust now

पुटिनका विशेष दूत ह्वाइट हाउसमा, रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पको संकेत !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन् । उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने सङ्केत गरेका छन् । बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न […] ...

लोकपथ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा
Latest NewsJust now

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयको नियमित पत्रकारकार सम्मेलनमा शुक्रबार प्रवक्त हेमराज अर्यालले शुक्रबार बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको जानकारी दिए । ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play