दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई निःशुल्क प्राविधिक सेवा

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ब्रदर निःशुल्क सेवा शिविर आयोजना हुने भएको छ। नासा कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने शिविर कार्तिक १४ र १५ गते दमौलीमा आयोजना हुनेछ। दुई दिन सञ्चालन हुने उक्त सेवा शिविर व्यास–२, दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइन क्षेत्रमा आयोजना हुनेछ। शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्नो प्रयोगमा रहेका प्रिन्टर तथा मल्टिफङ्सन उपकरणको निःशुल्क प्राविधिक जाँच तथा सेवा लिन सक्नेछन्। उपकरणमा कुनै समस्या देखिएको अवस्थामा मात्र होइन, नियमित मर्मतसम्भार तथा कार्यक्षमता कायम राख्न आवश्यक प्राविधिक सुझाव लिन पनि ग्राहकले शिविरको उपयोग गर्न सक्नेछन्। शिविरमा प्राविधिक टोलीले उपकरणको अवस्था परीक्षण गरी सामान्य समस्या तथा आवश्यक मर्मतसम्भारको पहिचान गर्नेछ। साथै, प्रिन्टरलाई सही तरिकाले प्रयोग गर्ने, सम्भावित समस्याबाट बच्ने तथा उपकरणको कार्यक्षमता लामो समयसम्म कायम राख्ने विषयमा व्यावहारिक जानकारी र परामर्श दिइनेछ। ग्राहकले आफ्ना उपकरणमा देखिएका समस्या वा प्रयोगका क्रममा भोगेका कठिनाइबारे प्राविधिक टोलीसँग प्रत्यक्ष छलफल गरी आवश्यक समाधानबारे जानकारी लिन सक्नेछन्। स्थानीय बजारमै प्राविधिक टोलीको प्रत्यक्ष पहुँच उपलब्ध गराउँदै ग्राहकलाई आफ्नो उपकरणको अवस्था बुझ्ने र समयमै आवश्यक हेरचाहबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नु शिविरको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ। दमौली तथा आसपासका ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया बढाउँदै उनीहरूको सेवा आवश्यकता पहिचान र सम्बोधन गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको जनाइएको छ। नासा कम्प्युटर सप्लायर्स र सागर ग्रुपले दमौली तथा आसपासका ब्रदर ग्राहकहरूलाई आफ्नो प्रयोगमा रहेको उपकरणसहित सेवा शिविरमा सहभागी हुन आग्रह गरेका छन्। ग्राहकहरूले २०८३ साल कार्तिक १४ र १५ गते व्यास–२, दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइनमा उपस्थित भई निःशुल्क प्राविधिक जाँच, सेवा तथा परामर्श लिन सक्नेछन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सल्यानको त्रिवेणीमा सकेट बम, डिस्पोजको तयारी
त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा स्थानीयले घाँस काट्ने बेला बम फेला पारेका हुन् । ...

बेनीघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु
गुणबहादुर रोका सुलीकोट ( गोरखा ), कात्तिक ९ गते । बूढीगण्डकी नदीमा आएको बाढीले अवरुद्ध बेनिघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु भएको छ । धार्चेको खोर्लावेशी देखि तातोपानी क्ष... ...

सङ्घीय संसद्मा ३६ विधेयक विचाराधीन, थप ७ नयाँ विधेयक दर्ता
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। तीमध्ये प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयका... ...

सभामुख अर्यालसँग अमेरिकी संसदीय टोलीको भेट
काठमाडौं।सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा उनीहरुबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका ...


