Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

दमकमा चारदिने कला, साहित्य तथा संगीत महोत्सव सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
दमकमा चारदिने कला, साहित्य तथा संगीत महोत्सव सम्पन्न
Photo / Coverage: हिमालय टाइम्स

दमक । झापाको दमकमा भाषा, साहित्य, कला र संगीतलाई केन्द्रमा राखेर आयोजित चारदिने महोत्सव सम्पन्न भएको छ । नाता फाउन्डेसनको आयोजनामा बिहीबारदेखि आइतबारसम्म सञ्चालन भएको महोत्सवले स्थानीय तथा राष्ट्रियस्तरका स्रष्टा, कलाकार र संगीतकर्मीलाई एउटै मञ्चमा जोडेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सवमा साहित्यिक विमर्श, कविता वाचन, गजल प्रस्तुति, कला प्रदर्शनी, सिर्जनात्मक कार्यशाला तथा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए । महोत्सवमा ‘सिर्जनामा युवा’, ‘आख्यानमा के छ र ?’, ‘माटोको सुगन्ध’ र ‘दमकले सिर्जना मार्‍यो कि मर्‍यो ?’ लगायतका विषयमा छलफल तथा विमर्श गरिएको थियो । ती सत्रमा साहित्यकार, कवि, कलाकार, युवा उद्यमी र विभिन्न क्षेत्रका व्यक्तित्वले नयाँ पुस्ताको सिर्जनात्मक सम्भावना, स्थानीय साहित्यिक अवस्था, भाषा, संस्कृति र पहिचानका विषयमा विचार राखेका थिए । महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नगरकोटीसहित विभिन्न पुस्ताका कविहरूले कविता वाचन गरेका थिए । त्यसैगरी गजल प्रस्तुति, सारंगी तथा बाँसुरीको मौलिक धुन र विभिन्न सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाएको थियो । समापन समारोह मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विद्यालय तथा सांस्कृतिक संस्थाले गीत, नृत्य र सांगीतिक प्रस्तुति दिएका थिए । रिलायन्स विद्यालयका विद्यार्थी, दमक नेवा खलः, रिलायन्स एकेडेमी तथा विभिन्न सांगीतिक ब्यान्डले प्रस्तुति दिएका थिए । महोत्सव सफल बनाउन सहयोग गर्ने संघसंस्था, प्रायोजक, अतिथि तथा सहयोगीलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीले दमकमा कला, साहित्य र संगीतका लागि साझा मञ्च निर्माण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । स्थानीय प्रतिभा र मौलिक संस्कृतिलाई राष्ट्रियस्तरका स्रष्टासँग जोड्दै दमकलाई सिर्जना, संवाद र कलाको जीवन्त केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो । महोत्सवले व्यापारिक केन्द्रका रूपमा परिचित दमकको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गरेको आयोजकले जनाएको छ । स्थानीय प्रतिभालाई निरन्तर अवसर प्रदान गर्दै यस्ता गतिविधिलाई नियमित बनाउनु आवश्यक रहेकोमा सहभागीले जोड दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
Latest NewsJust now

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे ...

कर्पोरट खबर
कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन
Latest NewsJust now

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन सम्पन्न भएको छ। आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्। बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० ...

केन्द्रबिन्दु
डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना
Latest NewsJust now

डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ । केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम […] ...

लोकपथ
रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !
Latest NewsJust now

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play