Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

दक्षिण पन्थीलाई चुनौती दिन अघि सरेका सडक नेता मेलेनचोन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण पन्थीलाई चुनौती दिन अघि सरेका सडक नेता मेलेनचोन
Photo / Coverage: विश्वखबर

काठमाडौं – पेरिस, वामपन्थी फ्रान्सेली नेता जियान लक मेलेनचोनलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ । उनका दक्षिण पन्थी विरोधीले रेडिकलका रूपमा व्याख्या गरेका छन् । सडकमा उत्रेका धेरै विद्यार्थीले भने उनलाई आदर्श मान्ने थालेका छन् । आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी नेता मारिन ले पेनसँग प्रतिस्पर्धा यी नै वामपन्थीको हुने अपेक्षा गरिएको छ । उत्तरी पेरिसको राजधानी ली बोरगेटमा आइतबार हुने प्रदर्शनमा यिनको प्रस्तुति हुन्छ । यो कार्यक्रम एक किसिमको उनको घोषणापत्र सार्वजनिक पनि हुने छ । उनले फ्रान्सका लागि धेरै योजना बनाएका छन् । ६० वर्षमा अवकाश र न्यूनतम ज्यालादार मासिक १७०० युरोको प्रस्ताव गरेका छन् । नाटोबाट फ्रान्सलाई बाहिर निकाल्ने योजना भएका उनले फ्रान्सको आर्थिक उत्थानको योजना बनाएका छन् । ब्याजबिनाको ऋण लिएर फ्रान्सको अर्थतन्त्र उकास्ने उनको योजना छ । उनको युरोपेली युनियनमा रहने बताए । परन्तु राष्ट्रिय सामाजिक, आर्थिक र वातावरणीय कार्यक्रमसँग बाझिने गरी कुनै कुरा मान्न बाध्य नहुने उनले बताएका छन् । अनिश्चित भविष्य, इन्धनका मूल्य वृद्धि र अन्य जीवन यापनका विषयलाई लिएर फ्रान्समा धेरै नै असन्तुष्टि छ । यसै असन्तुष्टि लिएर सेप्टेम्बर महिनाको मध्य देखि फ्रान्समा विद्रोहको आगो दन्किएको छ । यसरी विद्रोहमा उठेको एउटा आवाजको सम्बोधन मेलेनचोनले नै गरे । यस कारण उनी अहिले युरोपेली राजनीतिमा चर्चाको पात्र बनेका छन् । ग्लोबल पोलिटिक्स रिसर्चमा सिनियर फेलो ज्याक्स रेलान्ड अहिले प्रदर्शनकारीको आवाज बनेर उनी उदाएको प्रतिक्रिया दिएका छन् । फ्रान्समा अहिलेको अवस्था सहज छैन । कोरोना महामारी , रुस र युक्रेन युद्ध र अमेरिकाले इरान माथि गरेको आक्रमणका धेरै देशका अर्थतन्त्रको सन्तुलन बिग्रिएका छन् । यसले संसारको प्राय देशमा असर गरेको छ । फ्रान्स पनि अछुतो रहेन । फ्रान्समा अहिले वैदेशिक ऋण बढेको छ । समस्या थपिएको छ । यस बिचमा आकाङ्क्षा पनि धेरै छ । आन्दोलनमा सरिक हुनेहरूको माग पनि धेरै छ । सामाजिक सुरक्षाको विषय धेरै उठेको छ । यस अर्थमा यी सबै विषयमा उनले गर्ने सम्बोधन महत्त्वपूर्ण हो । उनले अक्टोबर महिनामा धेरै धनीहरूका लागि बढी कर लगाउने नीति सार्वजनिक गरी सकेका छन् ।उनले हमासलाई आतङ्कवादी सूचिमा राख्न चाहँदैनन् । उनले इजरायलले गाजामा नरसंहार गरेको ठहर गरेका छन् । गएको दुई निर्वाचनमा एमानुएल म्याक्रोनसँग पराजित अति दक्षिणपन्थी उम्मेदवार मारिन ला पेन पछिल्लो सर्वेक्षण अनुसार धेरै अघि छिन् । यसको मतलब यो होइन मेलेनचोनको उदयले अबको फ्रान्सको राजनीतिलाई असर गर्दैन । मेलेनचोनको आलोचक वामपन्थी सोच राख्नेहरूमै छ । धेरैले उनी तानासाह शैलीको भएको र दलीय राजनीतिका लागि लायक नभएको दाबी गरेका छन् । यसरी दाबी गर्नेमा लामो समय उनको निकट रहेका क्लेमेन्टाइन आउटाइन पनि हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको  घटनाबारे छानविन हुँदै
Latest NewsJust now

फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको घटनाबारे छानविन हुँदै

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको गृहमन्त्री नुनेजले बताए । घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याइने उनले बताए ...

कान्तिपुर
सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते
Latest NewsJust now

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते

काठमाडौँ । अनुसन्धानमा संलग्न ‘ली’ लाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले ‘ली’ लाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । प्रहरी हेड्क्वार्टरका डीआईजी... ...

रातोपाटी
मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा
Latest NewsJust now

मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा

मधेस सरकारबाट नेकपा एमाले र नेकपाका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादव दबाबमा परेका छन्। यादव नेतृत्वको सरकारबाट एमाले मन्त्रीले गएको ३० असोजमै राजीनामा दिएका थिए। नेकपाका मन्त्रीहरूले भने गएको शुक्रबार (२० कात्तिकमा)राजीनामा दिएका हुन्। सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको... ...

नेपालखबर
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
Latest NewsJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

• काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। • घटनास्थलमा दुई वटा दम्कल पुगेर आगो निभाउन प्रयास गरिरहेका छन्। • बारमा कोही पनि नभएकाले बारका मालिकलाई बोलाउने प्रयास भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play