दक्षिण अफ्रिकासँग अस्ट्रेलिया ९९ रनमै अलआउट

काठमाडौं- दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा अस्ट्रेलिया ९९ रनमै अलआउट भएको छ । दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४२५ रन जोडेपछि पारी समाप्तिको घोषणा गरेको थियो । यसपछि दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९९ रनमा सीमित गरेको हो । अस्ट्रेलियाका लागि कप्तान स्टेभन स्मिथले सर्वाधिक २८ रनको योगदान गरे । दक्षिण अफ्रिकाका मार्को यान्सनले ११ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । यसअघि दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बुभमाले १७९ रन जोडे । यसैगरी तेज गतिमा रन जोडेका यान्सनले १०० बलमा ८५ रन बनाए । सिमोन हार्मरले ८२ रन बनाए । पहिलो पारीमा फलोअनमा परेको अस्ट्रेलियाले ब्याटिङ सुरु गरेको थियो । यसअघि पनि सन् २०१६ मा हवार्टमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ८५ रनमा नै अलआउट गरेको थियो । यसपछि अस्ट्रेलिया १०० भन्दा कम रनमा आउट भएको यो नै पहिलो पटक हो । दोस्रो पारीमा पनि अस्ट्रेलियाले ८ रनमा नै पहिलो विकेट गुमाइसकेको छ । – एजेन्सी
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न
महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा... ...

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी
काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसी पालन गरी... ...

माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
जातीय विभेदविरुद्ध न्याय माग्दै १८६ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन थालेकी दीपा नेपालीले यस वर्षको दसैं माइतीघर मण्डलको सडकमा बिताइन् । ...

घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती
दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् । ...


