Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई  महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली

दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई  महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई  महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली

काठमाडौं, कात्तिक १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा धार्मिक आस्था र व्यक्तिपूजाको प्रवृत्तिमाथि टिप्पणी गर्दै अहिले नक्कली भगवान् जन्मिने क्रम बढेको बताउनुभएको छ। उहाँले नेपाली विद्वान् तथा आफ्नै ज्ञान परम्परालाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भगवान् र देवतासम्बन्धी प्रचलित मान्यतामाथि व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवानहरु छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मन पाएनन्। तर अहिले नक्कली भगवान् जन्मिएर हैरान छ।” अध्यक्ष ओलीले बाहिरबाट आएका धार्मिक गुरु तथा जोगीलाई बढी महत्त्व दिने, तर आफ्नै देशका विद्वान् र उनीहरूले दिएका ज्ञान तथा विचारलाई अपेक्षित महत्त्व नदिने प्रवृत्ति रहेको पनि बताउनुभयो। उहाँका अनुसार नेपाली समाजमा विदेशी विद्वान्का विचार र लेखनलाई बढी उद्धृत गर्ने, तर नेपाली विद्वान्ले लेखेका ग्रन्थ तथा दिएका योगदानबारे पर्याप्त चर्चा नगर्ने प्रवृत्ति देखिन्छ। “दक्षिणतिरबाट जोगीहरू आए उनीहरूको खुट्टा समातेर ढोग्न मन लाग्ने, तर आफ्नै देशका विद्वान्लाई त्यति महत्त्व नदिने प्रवृत्ति छ,” उहाँले टिप्पणी गर्नुभयो। नेपाली विद्वान्का ज्ञान र योगदानलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै अध्यक्ष ओलीले भन्नुभयो, “आफ्ना कहाँका विद्वान् चाहिँ हामी त्यति चिन्दैनौँ। सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उद्धरण कमै गर्नुभएको होला, विदेशीकै उद्धरण गर्नुभएको होला।” अध्यक्ष ओलीको अभिव्यक्तिले नेपाली ज्ञान परम्परा, स्वदेशी विद्वान्को योगदान र समाजमा स्थापित हुँदै गएका धार्मिक तथा व्यक्तिपूजासम्बन्धी प्रवृत्तिमाथि बहसको विषय अघि सारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

मधेशमा नयाँ सत्ता समीकरणको कसरत
राजनीतिJust now

मधेशमा नयाँ सत्ता समीकरणको कसरत

एमाले, जसपा नेपाल र जनमतबीच छलफल तीव्र; ६२ सांसदको समर्थन जुट्ने सम्भावना, नेतृत्व र सत्ता बाँडफाँटमा सहमति हुन बाँकीअजय शाह/गौशाला समाचारदातागौशाला (महोत्तरी), कात्तिक १० गते । मध... ...

गोरखापत्र
अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
राजनीतिJust now

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ, कात्तिक १० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्नुभएको छ ।म... ...

गोरखापत्र
‘सरकार पीडितप्रतिको जिम्मेवारी र दायित्वबाट पलायन हुन सक्दैन !’
राजनीतिJust now

‘सरकार पीडितप्रतिको जिम्मेवारी र दायित्वबाट पलायन हुन सक्दैन !’

​अर्जुननरसिंह केसी- भोटेकोशी तथा रसुवा–नुवाकोटका बाढीपीडित लगायत हरूले दर्दनाक अवस्थामा दुई महिना बिताइसक्दा पनि प्रभावितहरूको स्थिति झन्-झन् कष्टकर र दयनीय बन्दै गएको छ। बाढी लगत्तैको प्रारम्भिक चरणमा सुरक्षाकर्मी परिचालन गरी राहतका केही कार्य भए पनि, त्यसपछिको पुनःस्थापना, आवास र जीविकोपार्जनका क्षेत्रमा राज्यको भूमिका पूर्ण रूपमा असफल, फितलो र अनुत्तरदायी देखिएको छ। ​प्रधानमन्त्री दैवी प्रकोप उद्धार […] ...

लोकपथ
कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
राजनीतिJust now

कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोडे। कर्णालीका युनिस ठकुरी र हुसेन तलतले तीन–तीन विकेट लिए भने नन्दन यादवले दुई तथा सोमपाल कामीले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play