Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक

थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक

मुस्ताङ।लमजुङको बेंसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ। समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कन्छन्। यो पदमार्ग विदेशी पर्यटकका लागि साहसिक र जोखिमपूर्ण पदमार्गका मानिन्छ। गत असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध बनेको थोरङला पास पदमार्गको हिउँ पन्छाइएपछि विदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन्। उक्त पदमार्गको थोरङ फेदी माथिको पदमार्गमा जमेको हिउँ मुस्ताङका पर्यटन व्यवसायीले पन्छाएर आवागमन सहज पारिएको थियो। मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायी मिलेर थोरङला पास पहुँचमार्गको हिउँ पन्छाएर राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको पदमार्ग सहज बनाइएको थियो। बर्सेनि दुई सिजन चल्ने पदमार्ग विदेशी पर्यटक अंग्रेजी वर्षको मे, जुन र जुलाइमा पदयात्रा गर्ने गर्छन्। एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले हिउँदयाम अघिको अक्टोबर र नोभेम्बरमा पनि उल्लेख्य विदेशी पर्यटक थोरङला पास हुँदै मुस्ताङ आउने गरेको जनाए। थोरङ पास पदमार्ग हिउँ सफा गरेपछि बिहीबारसम्म ७७२ जना विदेशी पर्यटक मुस्ताङ आइपुगेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक थकालीको भनाइ छ। मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास गर्ने सिजन सुरु भएकाले विदेशी पर्यटकको मनाङबाट आउने संख्या बढ्दै गइरहेको बताए। पर्यटकीय यामको सुरुवाती समयमै थोरङला पास क्षेत्रमा भारी हिमपात हुँदा उक्त पदमार्ग अवरुद्ध हुन पुगेको थियो। अध्यक्ष गुरुङका अनुसार मनाङ र मुस्ताङका पर्यटन व्यवसायी र सुरक्षाकर्मीले दुईतर्फी पदमार्गको हिउँ पन्छाइएपछि मनाङबाट मुस्ताङ प्रवेश गर्ने पर्यटकको संख्या वृद्धि भएको हो। अध्यक्ष गुरुङका अनुसार थोरङला पास हुँदै दैनिक सय बढी पर्यटक मुक्तिनाथ निस्किने गरेका छन्। बेनी–जोमसोम सडक मार्गबाट आउने पर्यटक घटे पनि थोरङला पास गरी आउने विदेशी पर्यटकको उपस्थितिले मुक्तिनाथका धेरैजसो होटलमा पर्यटक भरिन थालेको उनको भनाइ छ। यस वर्षको नोभेम्बर अन्तिमसम्म मनाङबाट थोरङला पासगरी विदेशी पर्यटक मुस्ताङ आउने सिजन भएको अध्यक्ष गुरुङले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
ताजा खबरJust now

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर... ...

रातोपाटी
फुटबलका महान् खेलाडी म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा सुनाइने
ताजा खबरJust now

फुटबलका महान् खेलाडी म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा सुनाइने

• अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा लापरवाही गरेको आरोपमा सात स्वास्थ्यकर्मीमाथि मुद्दा चलिरहेको छ, जसको फैसला डिसेम्बर २२ मा सुनाइने भएको छ। • म्याराडोनाको छोरीले न्यायको आशा व्यक्त गरेकी छन्, जबकि मुख्य प्रतिवादी लियोपोल्डो लुकेले आफूलाई निर्दोष र बलिको बोका बनाइएको बताएका छन्। • अभियोजन पक्षले म्याराडोनालाई अस्पतालमा राख्नुको सट्टा निजी निवासमा स्वास्थ्यलाभ गर्न दिने निर्णयलाई लापरवाहीको रूपमा प्रस्तुत ...

नेपालबहस
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत मध्यप्रदेशका रामकान्त पहिलो
ताजा खबरJust now

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत मध्यप्रदेशका रामकान्त पहिलो

विजयादशमी महोत्सवअन्तर्गत तिलोत्तमामा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी ४४ जना पहलमानको सहभागिता थियो । ...

कान्तिपुर
रासायनिक मलको विकल्प बन्दै गड्यौले मल
ताजा खबरJust now

रासायनिक मलको विकल्प बन्दै गड्यौले मल

स्याङ्जा। कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन्। रासायनिक मलको अभावमा स्याङ्जाका कृषकले विकल्पको रूपमा गड्यौले मलको प्रयोग गर्नतर्फ आकर्षित भएका हुन्। गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सुक्ष्म पोषक तत्वलगायत सुक्ष्म तत्व अधिकमात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो। गड्यौले मल एक प्रकारको जैविक मल ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play