थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा पुनः सुरु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा पुनः सुरु भएको छ। स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारीको दर्शन गर्ने परम्परा ६२ वर्षपछि पुनः सुरु भएको हो। यस वर्ष मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो। उनलाई आज आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन गर्नुका साथै कुमारीको हातबाट टीका ग्रहण गरेका थिए। संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा ६२ वर्षअघिसम्म जीवित देवी कुमारीको पूजा गर्ने परम्परा रहे पनि आर्थिक अभावका कारण रोकिएको थियो। धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका स्थानीय अगुवाहरूको सक्रियतामा उक्त परम्परालाई पुनर्जीवित गरिएको उनले बताए। राजा राय मल्लले नेपाल संवत् ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोस्रो रूपका रूपमा पूजा गर्ने गरेको इतिहास रहेको उल्लेख गर्दै श्रेष्ठले अब यस परम्पराले निरन्तरता पाउने विश्वास व्यक्त गरे। पमा नाइके श्रेष्ठले भने, ‘मध्यपुरथिमिमा करिब ६० देखि ६२ वर्षपछि आज जीवित देवी कुमारीको पूजा गर्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ।’ उनका अनुसार नवनियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले कुमारीलाई बोकेर उनको घरमा ल्याएका थिए। ‘कुमारीको हातबाट टीका ग्रहण गरी दक्षिणा र सगुन दिएपछि बालकुमारी परिक्रमा गराएर लायकु दरबारमा दिनभर राख्यौँ,’ उनले भने, ‘त्यहाँ आएका स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गरे। अब यो परम्परालाई निरन्तरता दिइनेछ।’
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन
ललितपुर । पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच... ...

फेरिँदै दसैं, हराउँदै गाउँको रौनक
चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ । ...

जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, मौज्दात केही महिनालाई मात्र
काठमाडौँ । दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ । जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबिच ठुलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात... ...

यू–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’मा
काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ...


