थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न

भक्तपुर । मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो । कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याइ तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको पमा नाइके श्यामकाजी पमा श्रेष्ठले बताए । एकादशीका दिन आज तीन जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहित संलग्नतामा जात्रा मनाइएको उनले बताए । बाजागाजासहित लायकुबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली पमा नाइके श्रेष्ठले कुभिण्डो काटेपछि त्यसलाई खोसेर लैजानेको भीड लागेको थियो। कुभिण्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुखशान्ति हुने र औषधिका रुपमा प्रयोग गर्न सकिने जनविश्वास रहिआएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दार्चुलाको सुन्सेरामा पहिलोपटक पुग्यो बस
वर्षौँको प्रतीक्षापछि सुन्सेरामा बस पुगेपछि स्थानीयमा खुसी छाएको छ । ...

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ । ...

अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति
फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ...

अचानक शुक्रबार भारत भ्रमणमा जाँदै रवि लामिछाने
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी... ...


