त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने

स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा क्याम्पस प्रांगणमा राख्ने निर्णय गरेको छ । अध्यक्ष गिरी संयोजक रहेको ११ सदस्यीय निर्माण समिति पनि गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा संविधानसभा सदस्य राजु थापा, मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, तुलसीराम रेग्मी, हिरादेवी शर्मा,मुक्तिप्रसाद रेग्मी, राजुकुमार श्रेष्ठ, सम्पूर्णमान श्रेष्ठ, अनुप श्रेष्ठ र सदस्य सचिवमा क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल रहेका छन् । यसैगरी शिक्षाविद् लोकराज शर्माको संयोजकत्वमा कृष्णबहादुर प्रधान, पृथ्वीप्रसाद पोखरेल, महादेव श्रेष्ठ,ओमप्रकाश शर्मा, मखमली श्रेष्ठ, बाबुकुमार सिग्देल, उत्तम्प्रसाद श्रेष्ठ, राजकुमारी गुरुङ र विद्यार्थी नेता देवदत्त सुवेदी रहेको १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको जानकारी अध्यक्ष गिरीले दिए ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)... ...


